Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

यू–१९ आईसीसी क्रिकेटमा नेपालले न्युजिल्याण्डको सामना गर्ने

\"icc-uकाठमाडौं । उन्नाइस वर्षमुनिको आइसीसी विश्वकप क्रिकेट प्रतियोगिता बुधवारदेखि बङ्गलादेशमा सुरु भएको छ । नेपालसहित विभिन्न १६ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा परेको छ । समूह ‘डी’ मा भारत, आयरल्याण्ड र न्युजिल्यान्ड छन् । त्यस्तै समूह ’ए’ मा बङ्गलादेश, नामिबिया, स्कटल्यान्ड र दक्षिण अफ्रिका छन् भने समूह ‘बी’मा अफगानिस्तान, क्यानडा, पाकिस्तान र श्रीलङ्का छन् । समूह ’सी’ मा इङ्ग्ल्यान्ड, फिजी, वेष्ट इन्डिज र जिम्बावे छन् । प्रत्येक दुई÷दुई वर्षमा हुने विश्वकपमा नेपालको यो सातौं सहभागिता हो । नेपालले यसअघि सन् २०००, २००२, २००४, २००६, २००८ र २०१२ को विश्वकपमा सहभागिता जनाइसकेको छ । त्यस्तै, सन् २०१० र २०१४ को विश्वकपमा भने नेपाली युवा टोली छनोट हुन सकेका थिएन । नेपालसँग पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावे र बङ्गलादेशलाई पराजित गरेको इतिहास छ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा बिहीबार न्युजिल्यान्डको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । बङ्गलादेशको खान साहेब ओसमान अली रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजय लक्ष्यका साथ न्युजिल्यान्डको सामना गर्नेछ । यसअघि, सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । त्यसैगरी नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्डसँग र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् । विश्वकपमा सहभागी हुन नेपाली टोली यही माघ ६ गते नै बङ्गलादेश प्रस्थान गरेको थियो । उक्त प्रतियोगिताको तयारीमा रहेको नेपालले यही माघ ९ र ११ गते श्रीलङ्का र पाकिस्तानसँग अभ्यास खेल खेलको थियो । नेपाली टोलीमा राजु रिजालले कप्तानको भूमिका निर्वाह गरेका छन् भने अरिफ शेख उपकप्तान छन् । त्यसैगरी, दिपेन्द्र ऐरी, सुशील कँडेल, सुनिल धमला, सन्दिप सुनार, सौरभ खनाल, प्रेम तामाङ, दिपेश श्रेष्ठ, राजवीर सिंह, इशान पाण्डे, योगेन्द्र कार्की, सन्दिप लामिछाने, हिमांशु दत्त, र शङ्कर राना छन् । वैकल्पिक खेलाडीमा भने इर्साद अहमद, नन्दन यादव, ललितनारायण राजवंशी र कुशल भुर्तेल छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending