Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

एम्बुलेन्सका लागि साङ्गीतिक कार्यक्रम

काठमाण्डौं । बेलायतवासी खोटाङेको सामाजिक संस्था खोटाङ सेवा समाज युकेले प्रदान गर्ने एम्बुलेन्स सञ्चालनका लागि जिल्लामा बृहत् साङ्गीतिक कार्यक्रमको तयारी गरिएको छ ।\"Ambulance-Ambulance-Car-600\" जिल्लालाई पहिलो चरणमा प्रदान गरिने तीनवटा एम्बुलेन्समध्ये उत्तरी गाविस बाक्सिला केन्द्रित गरेर प्रदान गरिने एक एम्बुलेन्स मर्मतसम्भार तथा सञ्चालनका लागि सहयोग जुटाउन बाक्सिलामा बृहत् साङ्गीतिक कार्यक्रमको तयारी गरिएको हो । बेलायतमै रहेर पनि जिल्ला तथा देशका लागि सामाजिक तथा आर्थिक हिसाबले सेवा गरिरहेको समाजले आगामी २०७३ साल जेठभित्रमा जिल्लालाई तीनवटा एम्बुलेन्स खरिद गरी प्रदान गर्ने जनाएको छ । सोमध्ये एक एम्बुलेन्स जिल्लाका उत्तरी गाविस बाक्सिलास्थित इलाका स्वास्थ्य कार्यालयमा राखेर २३ गाविसलाई सेवा पुग्नेगरी प्रदान गरिने जनाइएको छ । एम्बुलेन्स मर्मतसम्भार तथा सञ्चालनार्थ बृहत् साङ्गीतिक कार्यक्रमको तयारी गरिएको एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष समिर राईले जानकारी दिए । राईका अनुसार मिति नतोकिए पनि चाँडै नै राष्ट्रियस्तरका कलाकारको भव्य प्रस्तुतिमा सहयोग जुटाउने कार्यक्रम गर्ने तीव्र तयारी गरिएको छ । करिब १० लाखभन्दा बढी सहयोग जुटाउने लक्ष्य लिइएको एम्बुलेन्स सञ्चालक समितिका अनुसार जुटेको रकमबाट ड्राइभरलाई तलबका लागि अक्षयकोष र एम्बुलेन्स मर्मतसम्भार तथा इन्धनका लागि छुट्टै कोष निर्माण गरिनेछ । एम्बुलेन्स प्राप्त हुनुजस्तै व्यवस्थित र भरपर्दो र सेवामूलक ढङ्गले सञ्चालन गर्न सक्नु पनि महत्वपूर्ण पक्ष रहेको सञ्चालक समितिको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: