Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

विश्वका दश उत्कृष्ट फुटबलर : कसले कति कमाउँछन् ? हेर्नुहोस्

विश्वका ठूला क्लबका खेलाडीका फ्यान धेरै हुनु स्वाभाविकै हो । ती खेलाडी फुटबल मात्र खेल्दैनन्, विज्ञापनमा पनि देखिन्छन् । उनीहरूको जीवनशैलीबारे बुझ्न चाहने पनि उत्तिकै हुन्छन् । आखिर कसरी ‘मेन्टेन’ गर्छन् त फुटबलरले ? कति कमाउँछन् उनीहरू ? एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट ः १. क्रिस्टियानो रोनाल्डो \"cristiano-ronaldo-750\" क्लब : रियल म्याड्रिड आम्दानी : दुई लाख ८८ हजार पाउन्ड पोर्चुगिज तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ६ जनवरीमा फिफा वर्ष उपाधि रक्षा गर्न सकेनन् । गत सिजन रियललाई कुनै उपाधि दिलाउन नसके पनि रोनाल्डो फुटबल क्षेत्रमा सर्वाधिक कमाइ गर्ने खेलाडी हुन् । ब्रिटिस मिडिया द मिररले जनाएअनुसार रोनाल्डोले गत वर्ष आठ करोड डलर आम्दानी गरेका थिए । विज्ञापन तथा ब्रान्ड एम्बेसेडरका रूपबाट पनि उनले मनग्य कमाउँछन् । उनी प्रतिसाता सर्वाधिक कमाइ गर्ने खेलाडीमा पनि अगाडि नै छन् । रोनाल्डोले रियलबाट प्रतिसाता दुई लाख ८८ हजार पाउन्ड थाप्छन् । रोनाल्डो विश्वचर्चित ब्रान्ड नाइक, कोकाकोला, क्यास्टोल, मोटोरोला र केएफसीसँग आबद्ध छन् । २: लियोनल मेसी \"mesii-750\" क्लब : बार्सिलोना आम्दानी : दुई लाख ७५ हजार पाउन्ड पाँचौँपटक फिफा वर्ष खेलाडी घोषित बार्सिलोनाका लियोनल मेसी दोस्रो बढी कमाउने फुटबलर हुन् । मैदानभित्र र बाहिर मेसीले रोनाल्डोलाई गोलदेखि धन आर्जन गर्नेसम्म पछ्याइरहेका छन् । गत वर्ष बार्सिलोनालाई पाँच उपाधि दिलाएका मेसीले ६ करोड ४७ लाख डलर कमाए । बार्सिलोनाका गोल मेसिन मेसीले खेलसँग आबद्ध विभिन्न खेल सामग्रीका विज्ञापन गर्छन् । यसबाट प्रतिवर्ष उनको आम्दानी बढिरहेको छ । ११ वर्षको उमेरमै बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका मेसीले प्रतिसाता दुई लाख ७५ हजार पाउन्ड खान्छन् । उनी एडिडास, पेप्सी, इए स्पोट्र्स र जिलेटसँग आबद्ध छन् । ३. ज्लाटान इब्राहिमोभिक क्लब : पिएसजी आम्दानी : दुई लाख ५० हजार पाउन्ड ज्लाटान इब्राहिमोभिक स्विडिस फुटबलकै लिजेन्डरका रूपमा स्थापित भइसकेका छन् । इंग्लिस तथा स्पेनिस लिगमा आफ्नो उपस्थिति दरिलो नदेखे पनि उनी फ्रेन्च लिग पिएसजीसँग आबद्ध भए । पिएसजीमा उनले प्रत्येक सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसैकारण, उनलाई पिएसजीकै सर्वाधिक महँगा खेलाडीका रूपमा चिनिन्छ । लगातार तीन सिजन पिएसजीलाई फ्रेन्च लिग एक उपाधि दिलाएका इब्राहिमोभिकले गत वर्ष चार करोड ४० हजार डलर कमाए । यो तथ्यांकअनुसार उनी तेस्रो बढी आम्दानी गर्ने फुटबलर हुन् । ३३ वर्षीय इब्राहिमोभिकले एज्याक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना र एसी मिलानमा पनि आफ्नो भविष्य चाहारे । तर, उनी ती क्लबमा सन्तुष्ट रहेनन् । पिएसजीमा उनी जमेका छन् । यसकारण पनि पिएसजीले उनलाई प्रतिसाता दुई लाख ५० हजार पाउन्ड दिएको छ । उनी एडिडास र नाइकसँग मात्र आबद्ध छन् । ४. गेराथ बेल \"bel-750\" क्लब :रियल म्याड्रिड आम्दानी : दुई लाख पाउन्ड सन् २०१२ मा स्पेनिस क्लब रियल म्याड्रिडले वेल्सका स्ट्राइकर गेराथ बेलमाथि जोखिम लियो । रियलले विश्वकीर्तिमानी रकममा बेललाई इंग्लिस क्लब टोटनह्यामबाट १० करोड डलरमा अनुबन्ध गर्‍यो । त्यसवेला बेलमाथि त्यति धेरै रकम खर्चनु रियलको मूर्खता भन्ने प्रतिक्रिया आएको थियो । तर, बेलले रियलको विश्वास जित्दै आफूलाई स्पेनिस क्लबमा स्थापित गराएका छन् । दुई वर्षअघि रियललाई च्याम्पियन्स लिग दिलाएका बेल तेस्रो बढी कमाउने फुटबलर बनेका छन् । उनले गत वर्ष तीन करोड ६४ लाख डलर आर्जन गरेका थिए । रियलमा रोनाल्डोपछि प्रतिसाता कमाउने खेलाडीमा उनी दोस्रा हुन् । रियलले बेललाई प्रतिसाता दुई लाख पाउन्ड दिएको छ । मेसी र रोनाल्डोका जस्ता ब्रान्डेड विज्ञापन उनीसँग छैनन् । ५. राडमेल फाल्काउ क्लब : चेल्सी आम्दानी : दुई लाख ५० हजार पाउन्ड कोलम्बियाका राडमेल फाल्काउ म्यानचेस्टर युनाइटेडमा आबद्ध हुँदा जति चर्चित बने, तर उनले क्षमताअनुसार प्रदर्शन गर्न सकेनन् । अहिले फाल्काउ चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । तर, खासै उनी पहिलो रोजाइमा परेका छैनन् । फाल्काउले गत वर्ष तीन करोड ५४ लाख डलर आर्जन गरे । चेल्सीले उनलाई प्रतिसाता दुई लाख ५० हजार पाउन्ड दिएको छ । फाल्काउ कोलम्बियन ठूला विज्ञापन एजेन्सीसँग आबद्ध छन् । कोलम्बियामा उनको बजार राम्रो छ । गत वर्ष उनले कमाएको धनमध्ये आधा हिस्सा कोलिम्बियन विज्ञापनबाट आएको थियो । ६. नेमार जुनियर \"Nemar-750\" क्लब : बार्सिलोना आम्दानी : दुई लाख २२ हजार पाउन्ड ब्राजिलियन युवा स्ट्राइकर नेमार जुनियर भविष्य बनाउन युरोपियन बजारमा छिरेका हुन् । रियल म्याड्रिडले चर्को मूल्य तिर्दा पनि उनी बार्सिलोनासँग आबद्ध भए । बार्सिलोनामा नेमारको पहिलो सिजन खासै राम्रो भएन । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गत वर्ष बार्सिलोनाले पाँच उपाधि जित्दा नेमारको योगदान पनि उल्लेखनीय रह्यो । गत वर्ष उनले तीन करोड ३४ लाख डलर आम्दानी गरे । बार्सिलोनाले उनलाई प्रतिसाता दुई लाख २२ हजार पाउन्ड दिएको छ । स्पेनिस लिगमा उनी चौथो महँगा खेलाडी पनि हुन् । नेमार पनि एडिडास र नाइकसँग आबद्ध छन् । ७. वायन रुनी \"B6IYYZnIAAAlxw--750\" क्लब : म्यानचेस्टर युनाइटेड आम्दानी : दुई लाख ५० हजार पाउन्ड डेभिड बेकह्याम र माइकल ओवेनपछि वायन रुनीले बेलायती फुटबल नेतृत्व गरिरहेका छन् । रुनी म्यानचेस्टर युनाइटेडकै प्रमुख खेलाडीमा पर्छन् । प्रशिक्षक एलेक्स फर्गुसनले रुनीलाई युवा अवस्थामै अनुबन्ध गरेका थिए । युनाइटेडका लागि उतार–चढाव प्रदर्शन गरिरहेका रुनी सातौँ बढी कमाउने फुटबलरमा पर्छन् । उनले गत वर्ष दुई करोड ५४ लाख डलर कमाए । तर, प्रतिसाता कमाउने खेलाडीमा उनी तेस्रो स्थानमा पर्छन् । युनाइटेडले उनलाई प्रतिसाता दुई लाख ७५ हजार पाउन्ड दिएको छ । क्लबबाहेक रुनीले नाइक, नोकिया, फोर्ड र कोकाकोलाका विज्ञापनबाट पनि आम्दानी गर्छन् । ८. सर्जियो अगुएरो क्लब : म्यानचेस्टर सिटी आम्दानी : दुई लाख ३० हजार पाउन्ड अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले म्यानचेस्टर सिटीमै पूरै खेलजीवन भविष्य देखेका छन् । यसकारण उनले सिटीबाहेक अन्य क्लबको कल्पना पनि गर्दैनन् । पछिल्लो चारमध्ये दुई सिजन सिटीलाई प्रिमियर लिग च्याम्पियन बनाएका अगुएरो आठौँ बढी कमाउने फुटबलरमा पर्छन् । उनले गत वर्ष दुई करोड ३३ लाख डलर कमाए । सिटीकै गोल मेसिनका रूपमा चिनिने अगुएरो प्रतिसाता दुई लाख ३० हजार पाउन्ड थाप्छन् । ९. याया टाउरे क्लब : म्यानचेस्टर सिटी आम्दानी : दुई लाख ३० हजार पाउन्ड म्यानचेस्टर सिटीका स्ट्राइकर याया टाउरे इंग्लिस प्रिमियर लिगकै चर्चित अफ्रिकन खेलाडीमा पर्छन् । आइभोरी कोस्टका कप्तानसमेत रहेका टाउरे सन् २०१० देखि सिटीमा आबद्ध छन् । प्रत्येक सिजन सिटीका लागि गोल ठोकिरहेका टाउरेले गत वर्ष दुई करोड १७ लाख डलर कमाए । उनी सिटीबाट प्रतिसाता दुई लाख ३० हजार पाउन्ड लिन्छन् । प्रिमियर लिगमा टाउरे मात्र अफ्रिकन खेलाडीको प्रतिनिधित्व गर्दै प्रतिसाता बढी कमाइरहेका छन् । उनी पनि विश्वचर्चित नाइकसँग आबद्ध छन् । १०. लुइस सुआरेज क्लब : बार्सिलोना आम्दानी : दुई लाख पााच हजार पाउन्ड बार्सिलोनाले दुई वर्षअघि प्रिमियर लिग लिभरपुलबाट लुइस सुआरेजलाई सात करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको थियो । बार्सिलोनाले अहिलेसम्म खेलाडी किन्दा बढी खर्चेका खेलाडी नै सुआरेज हुन् । सुआरेजले यस वर्ष गोलको वर्षा गरिरहेका छन् । गत वर्ष उनले दुई करोड १३ लाख डलर आर्जन गरे । बार्सिलोनाले उनलाई प्रतिसाता दुई लाख पाँच हजार पाउन्ड दिएको छ । सुआरेज पनि अन्य चर्चित खेलाडीले जस्तै एडिडासका उत्पादित सामग्रीको बजार प्रवद्र्धन गर्छन् । स्रोत : नयाँ पत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending