Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

दशगजामा खुसी छाउदै (फोटोसहित )

कमल रायमाझी,भैरहवा। करिब ६ महिना सम्म बारम्बार लखेटालखेट भएको बेलहिया सुनौली दसगजामा मंगलबार खुसी छाएको छ । सीमापारी भारतको सुनौली बजारमा भारतीय सुरक्षाकर्मि  र सीमावारी नेपालको बेलहिया बजारमा नेपाली सुरक्षाकर्मिको तैनाथी हुने दसगजामा मंगलबार नागरिकहरुको भीड थियो । \"IMG_1261-600\" सीमापारी जान खोज्ने नेपालीहरु र सीमावारी आउन खोज्ने भारतीय नागरिकहरु हिजो सम्म अलमल परिपरि आउने गरेकोमा मंगलबार भने ढुक्कसाथ आउने जाने गरेका थिए । न त्यहां कोही चेक जाच थियो नत सोधपुछ नै । भारतको ६७ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत सीमा नाका बेलहिया सुनौली दसगजा क्षेत्रमा दुई देशका नागरिक, सुरक्षाकर्मि तथा विद्यालयका विद्यार्थि शिक्षकले एक आपसमा खुसीयाली साटसाट पनि गरे । \"IMG_1256-600\" कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी शेरबहादुरबस्नेतले दुईदेशीय सीमा क्षेत्रमा शान्ति, सद्भाव र भाइचारा अभिवृद्धिकोलागी नेपाली सुरक्षाकर्मिले खेल्ने भूमीका सधैं सकारात्मक हुने बताउदैं गणतन्त्र दिवसका अवसरमा भारतीय जनताको सुख शान्ति र समृद्धिको कामना गरेका थिए । भारतीय सीमा सुरक्षा बलका प्रमुख के. एस. बानकोटीले ( नेपाली जनताको माया र ममताले आफुलाई गौरवान्वित बनाएको बताए  । दसगजा क्षेत्रमा भारत र नेपाल दुबै तर्फबाट ब्यान्डबाजा र झाकिं सहित सहभागीता रहेको थियो । कार्यक्रममा नेपालको भैरहवा स्थित अमर ज्योति आवसीय माविको ब्यान्डबाजा सहितको रयाली सहभागी थियो भने भारत तर्फका पनि विभिन्न विद्यालय र संघसंस्थाको रयाली सहभागी रहेको वेलहियाका समाजसेवी सुरेन्द्र क्षेत्रीले जानकारी दिए । \"IMG_1245-600\" छिमेकी राष्ट्र भारतको ६७ औं गणतन्त्रको दिवसको अवसरमा नेपाल र भारतका सीमावर्ति सुरक्षाकर्मि र नागरिकले संयुक्त रुपमा सहभागी भएर सो दिवस मनाए । नेपालमा अधिकारको माग गर्दै आन्दोलन चर्काएका मधेसी मोर्चाका नेता कार्यकर्ताले सीमापारी भारतबाट ढुंगामुढा गर्ने र सो कार्यमा भारतीय पक्षले सहयोग पुराईरहेको केही महिना अगाडीको परिदृश्यलाई पछाडी धकल्दै ६ महिना यता पहिलो पटक दसगजामा सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । दसगजामा केही महिना पहिले मोर्चाका नेताहरुले प्रदर्शन गरिरहेका हुन्थे भने मान्छेहरु पनि आवतजावतमा मुश्किल हुन्थ्यो । तर मंगलबारको कार्यक्रमले दुईदेशिय सम्बन्धमा खुसीको बहार छाएको छ । \"IMG_1236-600\" \"IMG_1239-600\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: