Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जेपी गुप्ता र राजेन्द्र महतोको गोप्य साँठगाँठ

\"jpविराटनगर । तराई–मधेसको आन्दोलन मत्थर हुने सम्भावना देखेपछि भ्रष्टाचारको अभियोगमा जेल सजायँ भोगेर मधेस अभियानमा लागेका जयप्रकास (जेपी) गुप्ता र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच गोप्य साँठगाँठ भएको छ । तराई–मधेसमा पाँच महिनादेखि आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना अध्यक्ष महतो मोर्चाको आन्दोलन रोकिने देखेपछि उनी गुप्तासँग साँठगाँठ गरेका हुन् । गुप्ता जेल सजायँ पूरा गरी निस्किएपछि तराई–मधेस राष्ट्रिय अभियान गठन गरी मधेस झरेका थिए । भ्रष्टाचार वा आपराधिक मुद्दामा सजायँ भोगेका ब्यक्तिले सरकार लाभको कुन पनि पद नपाउने भएपछि उनी छुट्टै मधेस जागरण अभियान भन्दै लागेका हुन् । गुप्ताको पछिल्लो समय मधेस नै स्वतन्त्र हुन पाउनुपर्ने अभियान चलाएका विखण्डनकारी नेता सीके राउतसँग पनि साँठगाँठ रहेको बताइएका छ । राउतले मधेसलाई छुट्टै देश बनाउने अभियान चलाउँदै सशस्त्र युद्धको तयारी गरेको भन्दै पर्सा प्रहरीले सर्च अभियान नै चलाएको छ । मोर्चामा आवद्ध महतो पनि साम्प्रदायिक अभिब्यक्तिका कारण बढी आलोचित छन् । मधेस आन्दोलनमा सबै भन्दा उग्र देखिएपछि उनको सवैतिर आलोचना भएको छ भने मोर्चामै पनि उनी विवादित छन् । भारतीय भनी आरोप लाग्ने गरेका महतोले मधेस आन्दोलनको क्रममा चिनियाँ झण्डा जलाउने समेत काम गरेका थिए । जसरी पनि मधेस आन्दोलन निर्णायक बनाउने भन्दै कहिले मधेस र कहिले दिल्लीमा रहने गरेका महतोले महागठबन्धन बनाउने प्रस्ताव लिएर गुप्तासँग साँठगाँठ बढाएका हुन् । गुप्ता मंगलवार विहान विराटनगरको तीनटोलियामा रहेका महतोलाई भेट्न पुगेका थिए । मधेसका सबै शक्तिहरुबीच महागठबन्धन बनाएर लड्नुपर्ने प्रस्तावमा गुप्ता समति भएको स्रोतको भनाइ छ । भारतको दिल्लीमा उपचारका लागि गएका तमलोपा अध्यक्ष महन्थ ठाकुर फर्किएपछि महागठबन्धनको स्वरुप तयार हुने तयारी गरिएको छ । रंगेली घटनापछि घाइतेहरुलाई भेट्न भन्दै विराटनगर गएका महतो विराटनगरमै रहेका छन् । विराटनगरमा प्रहरीसँगको झडपमा घाइते भइ दिल्लीमा उपचारपछि पनि काठमाडौं आउन डराएका महतोलाई प्रधानमन्त्री केपी ओलीले नै सुरक्षाको ग्यारेन्टी गरेर काठमाडौं बोलाएका थिए । तर महतो काठमाडौं ओर्लिए लगत्तै ओलीकै कार्यकर्ताले कालोझण्डा देखाउँदै महतोको विरोध जनाएका थिए । महतो आएपछि भएको प्रमुख तीन दल–मोर्चाको वार्ता भाँडिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: