Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

सीमाङ्कन बाहेक सबै बिषयमा सहमति नजिक छ : उपप्रधानमन्त्री रावल

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले मधेसी मोर्चासँग प्रदेशको सीमाङ्कन बाहेकका अरू विषयमा सहमतिको निकट रहेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले मधेसी मोर्चाका नेताहरुको दुई प्रदेश बनाउनुपर्ने भन्ने अडानका कारण सहमति हुन नसकेको बताउँदै मोर्चाका अरू मागको विषयमा कार्यदल, शीर्ष तहमा औपचारिक तथा अनौपचारिक रुपमा नेपालको हितमा सहमति गर्न सरकार सधैँ तयार रहेको बताए ।\"vim-rawal\" उपप्रधानमन्त्री रावलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको प्रमुख माग संविधान संशोधनबाट पूरा भएको र बाँकी मागको विषयमा छलफल गर्न सरकारले मोर्चासँग चाँडो वार्ता गर्ने बताए । उनले संविधान संशोधनबाट अन्तर्रा्ष्ट्रिय समुदायलाई सरकार तथा दलका नेता जनताको भावना बुझेर संविधान सुधार्न तयार रहेको सन्देश गएको बताउँदै नेपालको राष्ट्रिय हित चाहनेले यसलाई सकारात्मक रुपमा लिने दाबि गरे । उपप्रधानमन्त्री रावलले दुबै छिमेकी मुलुकसँग स्वाभिमानीपूर्वक राम्रो सम्बन्ध राख्न नेपाल सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै छिमेकी मित्रराष्ट्र भारत र चीनको भ्रमणको तयारी भइरहेको र उपयुक्त समयमा ती मुलुक भ्रमण गर्ने बताए । उपप्रधानमन्त्री रावलले स्याप्रुबेंसी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएर काम अघि बढिसकेकामा आवश्यक परे अरू निर्माणको जिम्मेवारी पनि सेनालाई दिइने जानकारी गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies