Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

डाक्टरले चरम लापर्वाही गरेका अाराेप

काठमाडौं ।  ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा डाक्टरको चरम लापर्वाहीका कारण १३ दिने सुत्केरीको न्यान गएको छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माको गैरजिम्मेवारीको कारण गर्भवती भएको आठ महिनामा नै गर्भवतीको आफन्तको स्वीकृतिविना नै अप्रेसन गरेर शिशुको जन्माएकी डा. शर्माले आफूले खटाएका अन्य दुई डाक्टरले रिफर गरेको खानेकुरा समेत खान नदिँदा १३ दिने सुत्केरी शान्ति शर्मा घिमिरेको ज्यान गएको भन्दै आफन्तले अस्पताल प्रशासनमा विरोध प्रदर्शन गरेपछि शनिबार दिनभर अल्का अस्पताल तनावग्रस्त बनेको थियो । सुत्केरी भएको १० दिनमा अस्पतालबाट डिस्चार्ज गरेर घरमा लगेको दुई दिनमा नै बिरामीलाई ज्वरो झन्–झन् बढ्न थालेपछि मृतकका आफन्त बिरामी नलिई शुक्रबार अस्पतालमा आएर सबै जानकारी गराएका थिए । ‘त्यसबेला डाक्टर शर्माले औषधिले काम गर्न समय लाग्ने’ भन्दै एक साताभित्र निको हुने भएकोले बिरामीलाई अस्पताल ल्याउनु नपर्ने बताउँदा सुत्केरीको अनाहकमा ज्यान गएको मृतकका आफन्तले आरोप लगाएका छन् । ‘हामीले बिरामीलाई त झन् च्यापेको छ, बिरामी ल्याउनुपर्ला कि ? भन्दा ‘औषधि जादूको छडी हो र ? एक हप्ता त लागि हाल्छ नि यसले काम गर्न’ भनेर हकारेर पठाएकी थिइन्’ मृतकका देवर रोशन घिमिरेले भने, ‘यसमा डा. शर्माको दादागिरी र लापरबाही दुवैको मिश्रित कारण देखिन्छ ।’ उता, अस्पतालका अध्यक्ष कुमार थापाले भने यो बिरामी र परिवारकै लापरबाहीको कारण भएको र यसमा अस्पतालको कुनै कमजोरी नरहेको भन्दै आफ्नो बचावट गरेका छन् ।\"alka ‘सबै उपचार सकेर पठाइसकेको बिरामीको घरमा पुगेपछि त्यो पनि तीन दिनपछि मृत्यु भएको छ भने यसमा हाम्रो दोष कसरी हुन्छ ?’ अध्यक्ष थापाले आर्थिकसँग भने, ‘हामीले पोस्टमार्टम गरौं भन्दा पनि उहाँहरू नै मान्नुहुन्न, हाम्रो दोष हो मात्रै भनेर हुँदैन ।’ उता, परिवारले भने डा. शर्माले डेलिभरीको लागि तोकेको समय पुग्नुभन्दा अगाडि नै जबर्जस्ती अप्रेसन गर्न दबाब दिएको, अप्रेसन गर्नुअगाडि अप्रेसनको लागि सम्झौता समेत नगराएको लगायतका आरोप लगाएका छन् । उनीहरूले बिरामीको स्वास्थ्य समस्यामा सुधार नभएकोले अन्य अस्पतालमा लैजान खोज्दा पनि शर्माले आफूले हेरेको केश आफैंले निको पार्ने तथा जबर्जस्ती रूपले अघि बढेको कारण सुत्केरीको ज्यान गएको भन्दै डाक्टरलाई कारबाही गर्न र क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् । सो विषयमा कुराकानी गर्न खोज्दा डा. नूतन शर्माले कुराकानी गर्न चाहिनन् । पीडित परिवारका अनुसार ललितपुरको सातदोबाटो स्थायी घर भएकीे २० वर्षीया घिमिरेको डाक्टरले तोकेको डेलिभरी समय पुग्न एक महिना र केही दिन बाँकी रहँदा सामान्य पेट दुखेको भन्दै अल्का अस्पताल पु¥याइएको थियो । सामान्य औषधिमूलो गरेर सो समयमा घर पठाइएकी शान्तिलाई प्रेसर र थाइराइडको समस्या बढेपछि डेलिभरी महिना पुग्नुभन्दा ठीक एक महिना अगाडि पुस २३ गते अल्का अस्पतालमा नियमित चेकजाँचको लागि पु¥याइएको थियो । त्यसै समयमा डा. शर्माले बिरामीको अप्रेसन गरेर बच्चा निकाल्नुपर्छ भनेपछि समय नपुगेको भन्दै परिवारले अस्वीकार गर्दा पनि जबर्जस्ती आर्थिक लाभको बदनियतीले अप्रेसन गर्न लगाएको र महंगा महंगा औषधिहरू किन्न लगाउने तर डाक्टर भने ढोकाबाट कहिलै पस्दै नपस्ने गरेकोे आरोप आफन्तले लगाएका छन् । ‘अप्रेसन गर्दा समेत हातको औंठीसमेत नखोली गरेकोबाट पनि डाक्टरको गैरजिम्मेवारी स्पष्ट भएको छ’, मृतकका देवर घिमिरेले भने, ‘बिरामी र बिरामी कुरूवा दुवैप्रति डाक्टरको व्यवहार एकदमै क्षुद्र हुने गरेको थियो ।’ पीडितका अनुसार २३ गते बिरामी भर्ना गराएपछि बिरामीलाई पखाला लागेको थियो । पखाला लागेको समयमा अप्रेसन गराउँदा समस्या हुन्छ कि ? भन्दा डाक्टरले केही पनि नहुने भनेर अप्रेसन गरे पनि त्यसपछि झनै पखाला बढेको थियो । पखाला लागेको भनेर डा. शर्माले खटाएका दुई डाक्टरहरू डा. विजेन्द्रध्वज जोशी र डा. निमेशराज भण्डारीले सुत्केरी भएको तीन दिनसम्म झोल पदार्थ खुवाउन भनेर भने पनि काम गर्ने परिचारिकाहरूले डा. शर्मालाई फोन नगरी खुवाउनुहुन्न भनेर भनेका थिए । त्यसपछि उनीहरूले डाक्टरको आदेश भन्दै तीन दिनसम्म दिनको तीन चम्चा पानीमात्रै खान दिएको आरोप परिवारले लगाएको छ । त्यसबीचमा रगतको परीक्षणका लागि भारत लैजानुपर्ने र समय र पैसा केही बढी लाग्ने भनिए पनि आफन्तजनले पैसाभन्दा पनि समय छिटो चाहिने भन्दै आफैंले रिपोर्ट माग गरी बानेश्वरमा गएर रगत परीक्षण गराएका थिए । यसरी उनीहरूले भनेबमोजिम नगरेपछि बिरामीप्रति डाक्टरले वास्तै गर्न छोडेको आरोप उनीहरूले लगाएका छन् । सूचनाको हकअन्तर्गत आफूहरूलाई अस्पतालले रिपोर्ट पनि नदिएको बताउने आफन्तले मेडिकल टिम ल्याउनुस् भन्दा नल्याएकोले रिपोर्ट नदिएको स्वीकार अध्यक्ष थापाले गरेका छन् । उता, बच्चा जन्मिएको १० दिनपछि डाक्टरकै स्वीकृतिमा बिरामीलाई घरमा लगेको भए पनि घर लगेपछि पनि ज्वरो नरोकिएपछि शुक्रबार उनीहरू डा. शर्मालाई भेट्न अल्का आएका थिए । तर डा. शर्माले औषधि दिएकोले एक हप्तापछि निको हुने भनेपछि ढुक्क भएर घर गएका मृतकका आफन्तहरूले शनिबार बिहान एक्कासी रोगले च्यापेपछि हस्पिटल ल्याइपु¥याउँदा सुत्केरीको ज्यान गइसकेको थियो । डा. नूतन शर्मा आफैंमा समय–समयमा विवादमा आइरहने डाक्टर हुन् । यसभन्दा अगाडि झण्डै दुई महिना अगाडि पनि वैदेशिक रोजगार व्यवसायी बज्रकिशोर यादवकी श्रीमती बीना यादवको गर्भमा रहेको बच्चाको मृत्युपछि इन्फेक्सनका कारण आमाको समेत मृत्यु भएको मेडिकल रिपोर्ट दिएपछि उनीविरूद्ध विभिन्न निकायमा उजुरी परेको थियो । गर्भपतन गर्न प्रोत्साहन गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि आयोग र केन्द्रले उनलाई निलम्बन गर्न पत्राचार गरेको थियो । पत्र प्राप्त भएसँगै काउन्सिलले उनलाई निलम्बन गरेपछि उनी सोविरूद्ध सर्वाेच्च गएकी थिइन् । सर्वाेच्चद्वारा उनलाई कारबाही नगर्न आदेश जारी भएपछि उनी सोही अस्पतालमा कार्यरत रहेकी छिन् । यो घटनाले एउटै अस्पतालमा समय–समयमा उनैले हेरेको बिरामीको मृत्यु हुन थालेपछि उनीप्रति नै शंका गर्ने प्रशस्त ठाउँ बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies