Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

२३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय फुटबलको उपाधि

 काठमाडौँ। तेइस वर्षपछि नेपालले शुक्रबार अन्तर्राष्ट्रिय फुटवलको उपाधि हात पारेको छ । शुक्रबार नेपालभन्दा शक्तिशाली टिम बहराइनसँग भएको बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले जीत हात पार्दै उपाधि हात पारेको हो । \"nepalनेपालले बहराइनविरुद्ध ३–० को सानदार जित निकालेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । नेपालले चौथो मिनेटमा नै पहिलो गोल गरेको थियो । नेपालका स्ट्राइकर विमल घर्ती मगरले विराज महर्जनको क्रसमा अञ्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् । त्यस्तै खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरे । नले अञ्जनको उत्कृष्ट पासमा गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै नेपालको जित निश्चित पारे ।  नवयुग उत्कृष्ट खेलाडी घोषित नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ बंगलादेशमा सम्पन्न बङ्गवन्धु गोल्डकप फुटबलका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउने क्रममा नवयुगले उत्कृष्ट प्रदर्शन गरे । उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित भए । खेलमा उनी टप स्कोरर समेत बने । सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाट्रिक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गरेका थिए । नेपालका विमल घर्तीमगर म्यान अफ दि फाइनल घोषित भए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy