Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

जातीय समस्याबारे माओको दृष्टिकोण

अमेरिकाका काला नेता रोबर्ट विलियम, जो उत्तरी क्यारोलिना, मोनरेका काला जाति उत्थान राष्ट्रिय सङ्गठनका पूर्व अध्यक्ष हुन्व । उनले रङ्गभेदविरुद्ध लडिरहेका अमेरिकी काला जातिहरूको संघर्षलाई समर्थन गर्दै वक्तव्य दिनका लागि यसै वर्ष मात्र मलाई दुई–दुईचोटि आग्रह गरेका छन् । चिनियाँ जनताको तर्फबाट म अमेरिकी काला जातिहरूले रङ्गभेदका विरुद्ध, स्वतन्त्रता र समान अधिकारका लागि गरिरहेको संघर्षको दृढतापूर्वक समर्थन गर्दछु । \"Mao_Zedong\"संयुक्त राज्य अमेरिकामा १ करोड ९० लाखभन्दा बढी कालाहरू छन् अर्थात् कुल जनसंख्याको झण्डै ११ प्रतिशत । उनीहरू समाजमा दासत्व, उत्पीडन र विभेदको शिकार भएका छन् । ज्यादै ठूलो संख्याका कालाहरू भोट खसाल्ने अधिकारबाट बञ्चित छन् । आम रूपमा उनीहरूलाई पाखुरी लडाउनुपर्ने चर्को र घृणित काममा मात्र लगाइन्छ । उनीहरूको तलब गोरा छाला भएका मान्छेहरूको भन्दा मुस्किलले आधा या एकतिहाइ भन्दा कम हुन्छ । कालाहरू ठूलो अनुपातमा बेरोजगार छन् । थुप्रै राज्यहरूमा कालाहरूलाई गोराहरूसँग एउटै स्कुलमा पढ्न, एउटै टेबलमा बसेर खान र बस वा ट्रेनको एउटै सिटमा बस्न मनाही गरिएको छ ।
रङ्गभेदविरुद्धमा बैठक र आमसभाहरू गरेको निहुँमा हुलका हुल निशस्त्र र निहत्था कालाहरूलाई गिरफ्तार गरेर जङ्गली पाराले दमन गरियो । जुन १२ मा मिसिसिपीका काला नेता मेडगर इभर्सको निर्ममतापूर्वक हत्या गरियो । यस्तो क्रुर हिंसा र दमनले क्रुद्ध भएका कालाहरूले यसरी बहादुरीपूर्वक र तीव्रताका साथ आन्दोलन उठाए कि उनीहरूले काला र अमेरिकाका विभिन्न तह र तप्काका जनताको समर्थन प्राप्त गरे ।
अन्तिम विश्लेषणमा जातीय सघर्ष बर्ग संघर्षसँगै गाँसिएको प्रश्न हो । संयुक्त राज्य अमेरिकाका प्रतिक्रियावादी शासकवर्गहरूले मात्रै कालाहरूमाथि उत्पीडन गर्दै आएका छन् । संयुक्त राज्य अमेरिकी सत्ता, कुलक्स क्लान ग्याङका सदस्य र अन्य रङ्गभेदवादीहरूले कालाहरूलाई मनपरीसँग गिरफ्तार गर्ने, गोद्ने र हत्या गर्ने गरेका छन् । झण्डै आधाजति अमेरिकी कालाहरू दक्षिणका एघार वटा राज्यहरूमा बस्छन् । त्यहाँ उनीहरूमाथि गरिने विभेद र यातना सहन सकिने खालको छैन । अमेरिकी कालाहरू जागिरहेका छन् । उनीहरूको प्रतिरोध झन्–झन् बलियो हुँदै गइरहेको छ । हालैका वर्षहरूमा रङ्गभेदका विरुद्ध, स्वतन्त्रता र समान अधिकारका लागि उनीहरूको जनसंघर्ष क्रमशः विस्तार हुँदै गइरहेको छ । सार्वजनिक विद्यालयहरूमा आफ्ना बच्चाहरूलाई पढ्न नदिइएकोमा लिटल रक र अर्कान्ससका कालाहरूले सन् १९५७ मा चर्को संघर्ष गरे । सत्ताधारीहरूले लिटल रक सैनिकहरूलाई प्रयोग गरेर संसारलाई नै मर्माहत बनाउने काण्ड मच्चाए । सन् १९६० मा कालाहरूले बीस वटा राज्यहरूमा जातीय भेदभाव–कत्लेआम विरुद्धमा स्थानीय रेष्टुरेन्ट, पसल र अन्य सार्वजनिक ठाउँहरूमा चौबीसै घण्टा प्रदर्शन गरे । अर्थात् ‘सिट–इन’ आन्दोलन गरे । सन् १९६१ मा कालाहरूले सार्वजनिक यातायातका साधनमा उनीहरूमाथि हुने जातीय भेदभावका विरुद्धमा ‘स्वतन्त्रता–र्याली’ नामक अभियान चलाए, त्यो चाँडै अन्य थुप्रै स्टेटहरूमा पनि फैलियो । सन् १९६२ मा मिसिसिपीका कालाहरूले कलेजहरूमा उनीहरूलाई पनि कुनै भेदभाव नगरीकन भर्ना गरिनुपर्छ भनेर संघर्ष गरे । तर सत्ताधारीहरूले उनीहरूमाथि हिंसात्मक दमन गरे । यस वर्ष अमेरिकी कालाहरूले बर्मिङ्घम, अलाबाममा अप्रिलको सुरुदेखि नै आफ्नो संघर्ष सुरु गरिसकेका छन् । रङ्गभेदविरुद्धमा बैठक र आमसभाहरू गरेको निहुँमा हुलका हुल निशस्त्र र निहत्था कालाहरूलाई गिरफ्तार गरेर जङ्गली पाराले दमन गरियो । जुन १२ मा मिसिसिपीका काला नेता मेडगर इभर्सको निर्ममतापूर्वक हत्या गरियो । यस्तो क्रुर हिंसा र दमनले क्रुद्ध भएका कालाहरूले यसरी बहादुरीपूर्वक र तीव्रताका साथ आन्दोलन उठाए कि उनीहरूले काला र अमेरिकाका विभिन्न तह र तप्काका जनताको समर्थन प्राप्त गरे । राष्ट्रव्यापी रूपमा झण्डैजसो प्रत्येक सहर र स्टेटमा ठूल्ठूला तथा बलिया प्रदर्शन भए र आन्दोलनले उचाई प्राप्त गरिरहेको छ । अमेरिकी कालाहरूको आन्दोलन द्रूत गतिमा विकास हुनु भनेको संयुक्त राज्य अमेरिकामा बर्गसंघर्ष र जातीय मुक्तिसंघर्ष चर्कनु हो । यसले संयुक्त राज्य अमेरिकाका शासकहरूको निदहराम हुन थालेको छ । क्यानेडी सरकारले बडो कुटिल पाराले दुईजिब्रे नीति अघि सारेको छ । एकातिर, यो सरकार आफै कालाहरूमाथि भइरहेको रङ्गभेद जारी राख्न, यातना थोपर्न र यहाँसम्म कि उनीहरूलाई दबाउन सेनासमेत परिचालन गर्ने र उक्साउने काम गरिरहेको छ भने अर्कोतिर, काला जनताहरूको लडाकू इच्छाशक्तिलाई भुत्ते बनाउन तथा देशका आमजनसमुदायलाई धोखाधडीमा पार्न क्यानेडी सरकारले ‘मानवअधिकारको रक्षा’ र ‘कालाहरूको नागरिक अधिकार संरक्षण’ को वकालत, काला जनतालाई ‘मत्थर’ हुन आव्हान र अमेरिकी कांग्रेसमा भने ‘नागरिक अधिकार विधेयक’को प्रस्ताव पेश गरेको छ । तर धेरैजसो कालाहरूले क्यानेडी सरकारको यस्तो कुटिल चाला छर्लङ्गसँग देखेका छन् । काला जनताहरूमाथि थोपरेको फाँसिवादी निष्ठुरताले अमेरिकी साम्राज्यवादीहरूको तथाकथित लोकतन्त्र र स्वतन्त्रताको असलियत उदाङ्गो पारिदिएको छ । त्यति मात्रै होइन, यसले अमेरिकी सरकारको आन्तरिक प्रतिक्रियावादी नीति र बाह्य मुलुकहरूमाथि लादिरहेको दमन र हिंसाको नीतिकाबीचमा कसरी लगनगाँठो कस्सिएको रहेछ भन्ने कुरा पनि देखाइदिएको छ । मजदुर, किसान, क्रान्तिकारी बुद्धिजीविहरू, बुर्जुवाभित्र रहेका न्यायप्रेमीहरू, गोरा, काला, पहेंला, खैरा जुन कुनै पनि रङ्गका संसारका सबै न्यायप्रेमी जनतालाई म के आव्हान गर्न चाहन्छु भने अमेरिकी कालाहरूको संघर्षलाई दृढतापूर्वक सघाऔं ।
विश्वका ९० प्रतिशत जनताको साथ सहयोगमा अमेरिकी कालाहरूले यो न्यायपूर्ण संघर्ष अवश्य जित्नेछन् । कालाहरूलाई दास बनाएर, कालाहरूलाई किनबेच गरेर फस्टाएको यो उपनिवेशवादी र साम्राज्यवादी तुच्छ व्यवस्था कालाहरूको पूर्ण अधिकार र स्वतन्त्रता प्राप्तिसँगै अस्ताउनेछ ।
अन्तिम विश्लषणमा जातीय संघर्ष वर्गसंघर्षसँगै गाँसिएको प्रश्न हो । संयुक्त राज्य अमेरिकाका प्रतिक्रियावादी शासकवर्गहरूले मात्रै कालाहरूमाथि उत्पीडन गर्दै आएका छन् । त्यहाँका मजदुर, किसान, क्रान्तिकारी बुद्धिजीवी र अरू न्यायप्रमीहरू त्यस्ता उत्पीडक वर्गभित्र पर्दैनन्, उनीहरूका जनसंख्या  अमरिकी गोराहरूकाबीचमा अत्याधिक बहुमतमा रहेको छ । अहिले त अमेरिकाका मुठ्ठीभर साम्राज्यवादीहरूले नेतृत्व गरिरहेको समूह, त्यसका पिछलग्गूहरू र विभिन्न मुलुकका प्रतिक्रियावादीहरूले न विश्वका अत्याधिक बहुसंख्यक जनतामाथि उत्पीडन, हिंसा र धाकधम्की दिइरहेका छन् । हामी बहुमतमा छौं, तिनीहरू अल्पमतमा छन् । तिनीहरू विश्वको तीन अर्ब जनसंख्यामध्ये बढीमा १० प्रतिशत छन् । त्यसकारण म के कुरामा निर्धक्क छु भने विश्वका ९० प्रतिशत जनताको साथ सहयोगमा अमेरिकी कालाहरूले यो न्यायपूर्ण संघर्ष अवश्य जित्नेछन् । कालाहरूलाई दास बनाएर, कालाहरूलाई किनबेच गरेर फस्टाएको यो उपनिवेशवादी र साम्राज्यवादी तुच्छ व्यवस्था कालाहरूको पूर्ण अधिकार र स्वतन्त्रता प्राप्तिसँगै अस्ताउनेछ । (सन् १९६३ मा अमेरिकामा रंगभेदविरुद्ध कालाजातिले गरेको संघर्षलाई समर्थन गर्दै माओले व्यक्त गरेको मन्तव्य ।) अनुवादः भोगीराज चाम्लिङ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies