Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

एेतिहासिक र दुर्लभ उपाधि भिडन्तको संघारमा नेपालले यसरी खेल्दैछ फाइनल

\"NepalvsBAharain\"काठमाडौं । १७ वर्षपछि नेपालले आज दक्षिण एसियाली स्तरमा सबै ठूलो फुटबलको फाइनलमा खेल्दै गर्दा नेपाल चुनौतिले बाँधिएको छ । १७ वर्ष अघि काठमाडौंमैं भएको साग खेलकुदको फाइनलमा पुगेको नेपाल बंंगालादेशबाट पराजित हुन पुगेको थियो । त्यसयता दक्षिण एसियाली स्तरमा नेपालले ठूला प्रतियोगिता नखेलेको होइन तर, फाइनलमा कहिल्यै पुग्न सकेको छैन । तर, उत्कृष्ट लयमा देखिंदै नेपालको यू २३ टिमले यसपटक च्याम्पियन हुने लक्षण देखाएको छ बंगलादेशमा । बंगबन्धु गोल्डकपको फाइनलमा पुग्दा नेपालले माल्दिभ्सलाई ४–१ गोलको मिठो र फराकिलो जित दर्ता गर्यो । प्रतिद्वन्द्वी पायो बहराइनको यु–२३ टिम । आज बेलुका पाैने पाँच बजेपछि नेपालले उपाधिको लागि भिडन्त गर्नेछ । फाइनलसम्म पुग्दा नेपालले दुई जित र दुई बराबरी खेलेको थियो । मलेसियाको फेल्डा र बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले श्रीलंकालाई १–० र सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्न सफल भयो । त्यस्तै, बहराइको टिमले दुई खेल बराबरी खेल्दा एक खेलमा जित हात पार्यो । सेमिफाइनलमा बहराइनले आयोजक बंगलादेशलाई १–० ले स्तब्ध पारेर नेपालसंगेका भेट पक्का गर्यो । सन् १९९३ मैं बंगलादेशको ढाकामा भएको सागको फुटबलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेयता नेपालले ठूला उपाधि हात पार्न सकेको छैन । त्यसैले पनि आजको खेल नेपालको लागि निक्कै महत्ववको हुनेछ । सेमिफाइनलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेपछि नेपाल उत्कृष्ट लयमा रहेको देखिन्छ । तर, बलिया र विश्वकपमा छनोटको दाबेदारी गर्दै कडा टक्कर दिंदै आएको बहराइनलाई शारिरिक रुपमा बलिया खेलाडीको साथ छ । विजेताले ५० हजार डलर अर्थात नेपाली ५४ लाख रुपैयाँ जित्नेछ । उपाधि जित्न सके नेपालले टिमका प्रत्येक खेलाडीलाई दुई दुई लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । यस्तोमा उपाधिको खडेरीलाई चिर्दै नेपाललाई जित दिलाउन नेपाली खेलाडीमाथि दबाब, अवसर र चुनौति एकैपटक छ । टिमका सिनियर खेलाडी म्याच फिक्सिङमा मुछिएपछि युवा टिमले पाएको यो सफलता विजेता हुँदै अर्को अध्यायमा प्रवेश गर्न सके नेपाली फुटबल साँच्चै नवयुगको ह्याट्रिक जस्तै नवयुगमा प्रवेश गर्ने नेपाली फुटबल पण्डितहरुको अनुमान छ । नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले नेपालाई प्राविधिक खेलाडिको फाइदा र बहराइनलाई शारिरिक र बलिया खेलाडीको फाइदा छ । सेमिफाइनमा सनसनीपूर्ण खेल देखाएकोले पनि टिम जितको हकदार भएको महर्जनको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies