Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

नेपाल १७ वर्षपछि बंगबन्धु गोल्डकपको उपाधि नजिक

\"Nepali_Football_Team_2_349780459-400\"काठमाडौं । नेपाल बंगबन्धु गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार साँझ माल्दिभ्ससँग भएको सेमिफाइनलमा ४–१ को सानदार जित हात पार्दै उपाधि होडमा पुगेको हो । बलियो टिम माल्दिभ्ससँग मंगलबार भएको सेमिफाइनलमा नवयुग श्रेष्ठको ह्याट्रिकसँगै फाइनल प्रवेश गरेको हो । माल्दिभ्स विरुद्ध जित निकाल्ने क्रममा नवयुग श्रेष्ठले ह्याट्रिक पुरा गर्दा विशाल राईले १ गोल गरेका थिए । यससँगै अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी बन्न पुगेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए । उपाधिका लागि आगामी शुक्रबार नेपालले बहराइनसँग खेल्नेछ । फिफा बरियताको १५७औं स्थानमा रहेको माल्दिभ्सको पोष्टमा चार गोल गरेको नेपाल बरियताको १९६ औं स्थानमा रहेको छ । १७ बर्षपछि अन्तराष्ट्रिय फुटबलको फाइनलमा पु¥याउने क्रममा नेपालका लागि सुरुवाती गोल पहिलो हाफको ३१औं मिनेटमा नवयुग श्रेष्ठले गरेका गरेका थिए । उनले विमल घर्तिमगरले प्रहार गरेको बल पोष्टमा ठोकिएर आएको बललाई गोलमा परिणत गरेका थिए । उत्कृष्ठ प्रदर्शन गरेको नेपालका लागि दोस्रो हाफको ५२औं मिनेटमा बिशाल राईले गोल गर्दै खेललाई २–० को अवस्थामा पु¥याए । यस्तै खेलको ६२ औंँ मिनेटमा विक्रम लामाले मिलाएको पासमा नबयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नेपाल ३–० गोल अन्तरले अघि बढ्यो । अतिरिक्त समयको पहिलो मिनेटमा नबयुग श्रेष्ठले गोल गर्दै ह्याट्रिक पूरा गरे ।  खेलको ७७ औँ मिनेटमा माल्दिभ्सका लागि नासिदले सान्त्वना गोल फर्काएका थिए । जितसँगै नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा प्रवेश गरेको छ । सन् १९९९ पछि नेपाल कुनै पनि औपचारिक फुटबलको फाइनलमा पुगेको थिएन । त्यसबेला दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको थियो । सन् १९९३ पछि नेपालले ढाकाको बंगबन्धु रंगशालामा फाइनल खेल्ने भएको छ । त्यतिबेला नेपालले दक्षिण एसियाली खेलकुदको फुटबलमा फाइनल खेलेको थियो । सो खेलमा नेपालले भारतलाई हराएर स्वर्ण जितेको थियो । नेपाली फुटबल खेलको इतिहासमा यो सबैभन्दा ठूलो उपलब्धि भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy