Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

नेपालको जस्तो लोकसंस्कृति संसारमै छैन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देशको जस्तो लोकसंस्कृति संसारमै कमै मात्र देशमा रहेकाले यसलाई विश्वभर फैलाउनुपर्ने बताएका छन्। नेपाल सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘चौतारी साँझ–२०७२’ हेर्न पुगेका ओलीले बाँसुरी लगायतका लोक वाद्यवादनबाट निस्कने धुनमा पुर्खाका धेरै गाथा लुकेको बताए । करिब ३५ सय वर्षअघिका कृष्णले बाँसुरीको धुन बजाएर धेरैलाई लठ्ठ पारेको दृष्टान्त दिँदै ओललिे भने, “पुर्खाबाट विरासतमा पाएको संस्कृति र वरदानमा पाएको प्रकृति दुबैमा हामी धनी छौँ ।” \"priminister_kp_sharma\" सांस्कृतिक कार्यक्रममा जापानमा बसेर ‘चौतारी समूह’को नाममा नेपाली लोक संस्कृतिलाई विश्वभर फैलाउन सफल दुई दाजुभाइ पञ्च लामा र श्रवण लामाले बाँसुरीको धुनमार्फत दर्शक श्रोतालाई मन्त्रमुग्ध पारेका थिए । जापानी कलाकार तेरोकातोसहित प्रस्तुत भएका उनीहरुले ‘देशले रगत मागे, ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो , हिमालयन सनसेट’, ‘सिन्धुपाल्चोक ’ लगायतका गीतका धुनलाई बाँसुरी, तबला आदि वाद्यवादनमार्फत प्रस्तुति दिएका थिए । सोही अवसरमा विदेशमा बसेर पनि नेपाली मौलिक सङ्गीतको प्रवद्र्धन गरेको भन्दै कलाकारद्वय लामा दाजुभाइलाई सांस्कृतिक संस्थानका तर्फबाट प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरेका थिए । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले लामा दाजुभाइले जापानसहित धेरै देशका सांस्कृतिक कार्यक्रमबाट उठेको रु १८ लाख बराबरको रकम यहाँका द्वन्द्वपीडित तथा भूकम्पपीडित लगायतलाई सहयोग गरेकाले उहाँहरु सम्मानको लायक रहेको बताए । उक्त ‘चौतारी साँझ’ हेर्न राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा कलाकारलगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: