Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सबै माओवादी पार्टीहरुबीच एकीकरण अनिवार्य : प्रचण्ड

काठमाण्डौं । एकिकृत नेकपा माओबादी अध्यक्ष प्रचण्डले सिंगो राष्ट्रलाई नयाँ कार्यदिशा दिन सबै माओवादी पार्टीहरु बीच एकीकरण अनिवार्य भएको बताए । आईतबार कैलालीको धनगढीमा आयोजित ७ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले सबै माओवादी पार्टीहरु बीच एकीकरण अनिवार्य भएको बताउँदै अन्य क्रान्तिकारी कम्युनिष्टहरुलाई पनि ध्रुविकृत गर्नुपर्नेमा जोड दिए ।\"prachanda-600\" अध्यक्ष प्रचण्डले भने, राष्ट्रलाई नयाँ कार्यदिशा दिनकोे निम्ति मूल नेतृत्वदेखि सबै तहका नेताहरुले त्याग गर्न जरुरी छ, विगतबाट शिक्षा लिऔं, भविश्यको निम्ति अगाडि बढौं ।’ अध्यक्षले संकल्प गरेर अगाडि बढे कसैले हराउन नसक्ने बताउदै अहिले मधेस आन्दोलनलाई सहमतिमा ल्याउने, नाकाबन्दीको समस्या हल गर्ने, भूकम्पबाट भएको क्षतिको पुर्निर्माण लगायतका कामहरुमा आफूहरु केन्द्रीत भएको प्रस्ट पारे । प्रचण्डले पहिलो संविधान सभाको पूर्व सन्ध्यामा विरोधीहरुले हामीलाई निकै न्यूनिकरण गरेर हेरेका बताउदै भने “जनताले उनीहरुको मनोगतवादी अनुमान असफल बनाईदिए, अब जनतासँगको सम्बन्ध सुदृढ गरौं, हामी शक्तिशाली बन्ने छौं, । २ वर्ष भित्र एमाओबादी पार्टीलाई  १ नम्बरको पार्टी बनाउन बुर्जुवाहरुले छरेका भ्रमहरु चिर्न र वैचारिक रुपमा दक्ष बन्न मुखपत्र प्रकाशित गर्ने, स्कूलिङ सञ्चालन गर्ने, कार्यशाला चलाउने, जनतासँग उत्पादनमा जोडिने, कार्यकर्ता व्यवस्थापन गर्ने, घाइते अपाङहरुका निम्ति अक्षयकोष खडा गरी उपचारको व्यवस्था गर्ने, सहिद, बेपत्ता परिवारका निम्ति व्यवस्था गर्ने, किसानहरुलाई पेन्सनको व्यवस्था गर्ने कार्यक्रमहरु रहेको बताए । प्रचण्डले देश अब अर्को चरणमा प्रवेश गरेको बताउँदै हिजो कै पार्टीले नपुग्ने बताउदै ‘नयाँ ढंगको पार्टी र समाजवादी क्रान्ति गर्ने क्रान्तिकारी पुनर्निर्माण गर्न एमाओबादी पार्टीलाई भत्काएर नयाँ पार्टी निर्माण गर्ने बताए । उनले मालेमावाद दर्शन बाहेक अरु दर्शनले जनताको मुक्ति सम्भव नभएको दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: