Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कांग्रेसमा संस्थापन र देउवा पक्षमा नअटाएका गगन, प्रदीप र विश्वप्रकाशहरू अब कता ?

\"gagan-pradip-bishwa\"काठमाडाैं । नेपाली कांग्रेसलाई १३ औं महाधिवेशनले छपक्कै छोपिसक्दा भविष्ययका आशालाग्दा नेताका रुपमा गगन थापा, प्रदीप पौडेल र विश्वकर्माको नाम अगाडि आउँछन् । तीनै नेताको राजनीतिक पृष्ठभूमि नेपाल विद्यार्थी संघ हो । यी तीन मध्ये गगन थापा अघिल्लो महाधिवेशनमा सबैभन्दा बढी मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, प्रदीप पौडेल सुशील कोइरालाको कार्यकाल सकिने अन्तिमतिर केन्द्रीय सदस्यमा मनोनित भए । अर्का नेता विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यमा मनोनित पनि हुन सकेनन् । दोस्रो संविधानसभा झापाबाट टिकट त पाए तर, पराजि हुन पुगे । महाधिवेशन नजिकै आउँदै गर्दा अब यी तीनसहितका युवा नेताको स्थान कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा कस्तो हुन्छ भन्ने आम चासो देखिएको छ । किनकी यी तीन नेता भाषणकलामा निक्कै माहिर मानिन्छन् । तर, भाषणकलाजस्तै कुनै पदमा बसेर यी नेताहरुले प्रभावकारी काम गर्न सकेको र गरेको परिस्थिति अहिलेसम्म बनेको छैन । ६० वर्षसम्म पनि युवा नेता नै हुने कांग्रेसमा ४० नाघेका यी नेताले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउछन् की पाउँदैनन् भन्नेमा निक्कै चासो र आँकलन गर्न थालिएको छ । कांग्रेसको प्रमुख प्रतिपस्पर्धी पार्टी एमालेले योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसालजस्ता युवा नेतालाई पदाधिकारीसम्म बनाउँदा कांग्रेसमा पनि युवा नेतालाई पदाधिकारी बनाउनुपर्ने विचार उठेको छ । तर, कांग्रेस सत्ताको डाडू र पन्यू लिएर बसेका बुढा नेताहरु, शक्ति हत्याउन तयारीमा रहेका दोस्रो तहका नेताहरुका कारण यसपटक पनि उनीहरुले भूमिका पाउनेमा शंका गर्न थालिएको छ । केही दिन अघिको एक अन्तक्र्रिया कार्यक्रममा युवा नेता विश्वप्रकाश शर्माले अब नयाँ पुस्ताले पनि कांग्रेसमा हस्तक्षेपकारी तयारी गर्नुपर्ने आशय व्यक्त गरे । सबैभन्दा ठूलो पार्टीका रुपमा कांग्रेसले जिम्मेवार भएर मधेस आन्दोलनलाई सेफल्याण्डिङ गर्न नसकेको संकेत गर्दै तराई मधेसका ८ जिल्ला घुमेर आएका उनले भने, ‘हाम्रो नीतिमा मधेसवादी दलका नेताले मुद्दाको नेतृत्व गरेका छन् । यो हाम्रै नेतृत्वको कमजोरीका कारण भएको हो । अब हामीले यस्ता काममा खबरदारी नगरे कसले गर्ने ?’ सो अन्तक्र्रियामा सहभागीहरुले अब पुस्तैनी विरासत बोकेका नेताहरुले मात्र कांग्रेसलाई हाँक्न नसक्ने तर्क गर्दै युवा नेतालाई अवसर दिनुपर्ने मत राखेका थिए । अर्का दुई युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि संविधान बुझाउने अभियान अनुरुप तराई झरेका थिए । कांग्रेसको कमजोर नेतृत्वको कारण तराई मधेसमा संविधानका मुद्दा बुझाउन नसक्दा मधेसमा कांग्रेस कमजोर बन्दै गइरहेको निष्कर्षकासाथ अब युवा नेताहरु पनि सक्रिय भएर अगाडि आउनुपर्ने गरी अभियान थाल्ने उनीहरुको निष्कर्ष थियो । ‘हाम्रा नेताहरु तराई झर्न सक्नुभएन तर, हामी आयौं संविधान बुझायौं नेतृत्वले समयमै यी काम गर्न सकेको भए तरार्ई मधेसमा यत्तिधेरै अविश्वास चुलिने थिएन’ नेता पौडेलले भने, ‘अब युवा नेताहरु पनि अगाडि बढ्नुपर्छ भन्ने जनमत छ ।’ यी युवा नेताहरु पछिल्लो समय राजधानीमा अन्तक्र्रिया, गोष्ठीसहितका कार्यकर्तामा पहुँच हुने कार्यक्रममा सक्रियतापूर्वक सहभागी भइरहेका छन् । तर, यी तिनै नेता संस्थापन र देउवा कुन गुटमा प्रष्ट भएको छैन । यी तीनै नेताले नेतृत्वको आलोचनात्मक समर्थन गरेको देखिन्छ तर, कुनै गुटमा प्रष्ट लागेको देखिंदैन । तर, महाधिवेशनको सम्मुख आएर यी नेताले अब मुख्य नेताको दौराको फेरो नसमाइकन कांग्रेसमा स्थापित हुन बल गर्छन् की फेरो नै समाउन पुग्छन् भन्ने चासोको विषय भएको छ । यी नेताहरु युवाको समूह बनाएर पार्टीलाई दबाब दिन्छन्, आफैंमा विभाजित भएर नेताको पछि लाग्छन् भन्ने दिन देख्न अब धेरै टाढा छैन । तर, यी नेतालाई भविष्यको सम्भावना भएका नेताको दर्जामा राखिएका कारण यिनीहरुबाट सकारात्मक र विवेकसम्मत निर्णय र पहलकदमीको अपेक्षा गर्नेको पनि कांग्रेसमा कमी छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: