Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मन्त्रिपरिषद विस्तारविरुद्धको रिट खारेज

\"singhadarbar\"काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तार विरुद्धमा परेको रिट खारेज गरिदिएको छ । मन्त्रालयको संख्या बढाउने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्चले बुधबार खारेज गरिदिएको हो । प्रधान न्यायाधीश कल्याण श्रेष्ठको इजलाशले निवेदकको दाबी अनुसारको प्रमाणहरु नदेखिएको र मन्त्रिपरिषदको विस्तार गर्ने काम राजनैतिक प्रकृतिको भएको भन्दै रिट खारेज गरेको हो । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मन्त्रालय बढाउने सरकारको निर्णय असंवैधानिक भन्दै त्यसविरुद्ध रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसरी संख्या बढाउन पर्नाको कारण लिखित रुपमा पेश गर्न सरकारलाई आदेश समेत गरेको थियो । सर्वोच्चको कारण देखाउ आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार थपघट गर्नुको कारणबारे मंगलबार सर्वोच्चमा जवाफ पठाएका थिए । प्रधानमन्त्री ओलीको जवाफपछि सर्वोच्चले मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिट खारेज गरेको हो । प्रधानमन्त्री ओलीले संक्रमणकालीन आवश्यकताअनुसार सरकार थपघट गर्नुपरेको सर्वोच्चमा जवाफ पठाएका थिए । उनले राजनीतिक सहमतिमा न्यायलयले प्रश्न उठाउन नमिल्ने समेत लिखित जवाफमा उल्लेख गरेका छन् । संविधान अन्तर्गतका राजनीतिक प्रश्नहरुमा अदालतले प्रवेश गर्ने नमिल्नेसमेत प्रधानमन्त्रीले पठाएको जवाफमा थियो । मन्त्रिपरिषद थपघटबारे जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको गठन, पुनर्गठन तथा विस्तार सम्बन्धी विषय विलकुलै राजनीतिक विषय र कार्यकालिकाको क्षेत्राधिकारभित्र पर्ने जिकिर गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies