Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

मुलुकले छिटै सङ्कटबाट मुक्ति पाउनेछ–सुब्बा

\"Ram-Kumar-Subba\"भद्रपुर । भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले नाकाबन्दीका कारण मुलुकमा देखिएका सङ्कट छिट्टै अन्त्य भई सहज वातावरण बन्ने बताउएका छन् । मालपोत कार्यालय भद्रपुर झापाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले मुलुकको समस्या समाधान गर्न कुटनीतिक प्रयास भइरहेकाले आम नागरिकलाई विचलित नहुन आग्रह गरे । मन्त्री सुब्बाले सरकारी कार्यालयबाट सम्पादन हुने कार्यमा राष्ट्रसेवक कर्मचारी चनाखो भएर जनताको काम सरल, सहज तरिकाले समयमै सम्पन्न गर्न निर्देशन दिँदै नवनिर्मित भवनले जनताको कामलाई सर्वसुलभ तरिकाले सम्पन्न गर्न मद्दत पुग्ने विचार व्यक्त गरे । उनले दैवीप्रकोप र नाकाबन्दीका कारण निराश भएका जनताका कामलाई इमान्दारीपूर्वक सम्पन्न गरी दिएमा हौसला बढ्ने भन्दै नीति, नियमले मिल्ने सबै काम गर्न कसैको आदेशलाई नपर्खन कर्मचारीलाई निर्देशन पनि दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नवनिर्मित भवनले जनताको काममा सहज हुने बताए । भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला अदालत झापाका न्यायधीश क्रृषिराम निरौलाले स्वच्छ सेवालाई राष्ट्रसेवक कर्मचारीले कर्मको रुपमा लिनुपर्ने सुझाव दिए । चार तले नवनिर्मित सो भवन रु दुई करोड ९१ लाख लागतमा निर्माण गरिएको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: