Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

हुचिल तस्करीमा वृद्धि, एउटाको दश हजार रुपैयाँ

\"huchil-chor-300x280\"गाईघाट ।  पूर्वी क्षेत्रका रामपुर, चौदण्डी तथा बबला र मैनामैनी क्षेत्रबाट दिनानुदिन लोप हुँदै गइरहेको दुर्लभ पन्छी हुचिलको तस्करी बढ्दै गएको छ । विशेष गरेर वन तथा खोला इलाका क्षेत्रमा लाटोकोसेरोका अनुहारको ठूलो चरो हुचिल पन्छी पाइन्छ । यिनले लाटोकोसेरो जस्तै राति आँखा  देख्छन् । हुचिल तस्करीमा केही स्थानीयवासी र  सुनसरी, मोरङ तथा सप्तरी क्षेत्रका सिकारीको संलग्नता रहेको रामपुर जहडाका धनबहादुर मगरले बताए । । मगरले भने, ‘दिनमा हुचिल वन र  खोला किनार रूख तथा ओडारमा बस्ने गर्छन्, दिनमा नै सिकारी गएर मार्ने तथा पासो थापेर मार्ने गरेका छन्, प्रायः जिउँदै पासोमा पारेर लाने गरेको हामीले नै पटक पटक देखेका छौँ ।” मैनामैनी क्षेत्रमा हुचिल तस्करी स्थानीयवासीको पनि सहयोगमा हुने गरेको छ ।  सुनसरी क्षेत्रका हुचिल तस्करले भारतको वीरपुर तथा भीमनगर क्षेत्रमा लगेर बिक्री गर्ने गरेको मैनामैनी–४ का हर्कमान राईको भनाइ छ । राई भन्नछन्, ‘हुचिल तस्करले कतिपय स्थानीयवासीले पक्रेका हुचिललाई सहजै दश हजार रुपैयाँ दिएर लाने गरेका छन् ।” अन्यत्र क्षेत्रमा लोप हुँदै गइरहेको दुर्लभ हुचिल पन्छी उदयपुरको पूर्वी क्षेत्रका जङ्गलमा अहिले पनि प्रशस्त मात्रमा पाइने गरेको स्थानीयवासी बताउँछन् । अन्यत्र क्षेत्रबाट समेत हुचिलले यस क्षेत्रमा बच्चा हुर्काउने गरेको छ । हिउँदको समयमा बढी हुचिल यस क्षेत्रमा आउने गरेको स्थानीयवासीको भनाइ छ । हुचिल सिकारीले विशेष गरी राति समाउने गरेको रामपुर–६ गुरुङचौरीका भवीन्द्र राई बताउछन् । केही वर्षअघिदेखि हुचिल तस्कर हुँदै आएसँगै स्थानीय प्रहरीले केही तस्करीमा संलग्नलाई पक्राउ गरेर कारबाहीसमेत गरेको छ तर पनि वन कर्मचारी तथा सुरक्षा वनरक्षकको उपस्थिति प्रभावकारी नहुँदा र स्थानीयवासी पनि हुचिल तस्करमा संलग्न हुँदा अहिले यी क्षेत्रमा हुचिल लोप हुन थालेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: