Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कूटनैतिक पहलबाट समस्या समाधानका प्रयास भईरहेको छः प्रचण्ड

नेपालगञ्ज ।  एकिकृत नेकपा माओबादि अध्यक्ष प्रचण्डले पार्टीहरुको बीचमा समस्या समाधानको निम्ति राजनैतिक छलफल र कूटनैतिक पहल भईरहेको बताए । \"banke_pressMeet-072-09-26\"५ नं. प्रदेशको प्रदेश स्तरीय बैठक र प्रशिक्षण सकेर काठमाडौं फर्कने क्रममा बाँकेको नेपालगञ्ज विमानस्थलमा क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमा त्यस्तो बताएका  हुन् । अध्यक्षले मधेश आन्दोलन, थारुहरुको समस्या र नाकाबन्दीको समस्या नै अहिलेको जल्दोबल्दो प्रश्न भएको बताए । सिमांकनको हेरफेर र परिमार्जनको निम्ति जनताको सुझाव र विज्ञहरुको राय अनुसार ३ महिना भित्र हल गर्ने प्रक्रियामा रहेकोे सञ्चारकर्मीहरुलाई जानकारी दिदै अध्यक्ष प्रचण्डले भने “नाकाबन्दीको स्थिति पनि खुकुलो हुँदै गएको, सरकारको तर्फबाट भएका कुटनैतिक पहल, राजनैतिक तहमा भएका छलफलले पनि समस्या हल हुँदै आएको छ” । प्रचण्डले भने ‘नेपाल माथि कठोर कदम चाल्नु भारतका निम्ति नै राजनैतिक रुपले नोक्सानी भएको छ । हाम्रो अगाडि संविधान कार्यान्वयन गर्दै जाने चुनौति छन् । संविधान भएकाले जनताको चाहना अनुरुप परिमार्जन गर्दै जानेछौं । २ वटा विधयक सदनमा दर्ता भईसकेका छन् । अब केही दिनभित्र सबै समस्या हल हुन्छन् ।’ पत्रकारहरुको जिज्ञासाको जवाफ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महराले दिएका थिए । एमाओबादिको टोली ५ नं. प्रदेशको प्रदेश स्तरीय बैठक र प्रशिक्षण सकेर आज नै काठमाडौं फर्किएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: