Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

हिमपातले कठ्याङग्रिएका भूकम्पपीडितलाई कम्बल वितरण

\"rahat-640\"काठमाडौं । महाभूकम्पको केन्द्रविन्दु गोरखा लगायत हिमाली क्षेत्रमा हिमपातले भूकम्पपीडितहरु कठ्याङग्रिएर मर्ने अवस्था आएपछि दाताहरुले न्यानो कपडा वितरण अभियान थालेका छन् । नौ महिनासम्म पनि पीडितहरुको ब्यवस्थापन हुन नसक्दा पालमुनी र टहरोमा बस्न बाध्य छन् । पीडितको टहरा र पाल हिमपातले पुरिएपछि उनीहरु कष्टकर जीवन विताउन बाध्य छन् । चिसोले पीडितको ज्यान जान सक्ने भन्दै विभिन्न दाताहरुले कम्बल लगायतका न्यानो कपडा वितरण थालेका हुन् । रोटरी क्लब अफ पोखराले आइतबार आरुआर्वाङ पुगेर कम्बल र टोपीलगायत न्यानो कपडा वितरण गरेको छ भने लायन्स क्लब मखमली वनस्थली र लायन्स कल्ब बालाजु हाइटले रसुवाको हाकु गाविस–१ नेसिङ गाउँका पीडितलाई न्यानो कपाडा वितरण गरेको छ । क्लवले नेसिङ गाउँका २०० घरपरिवारलाई प्रतिपरिवार एक/एक वटा ओड्ने र ओछ्याउनका लागि कम्बल वितरण गरिएको लायन्स क्लब मखमलीका अध्यक्ष रानु खाँड अधिकारीले जानकारी दिए । लायन्स क्लब मखमलीले आफ्नै स्रोतबाट पीडितलाई न्यानो कपडा बाँडेको हो भने लायन्स क्लब बालाजु हाइटले विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएको थियो । चिसोले गर्दा भूकम्पपीडितहरु आगो तापेर दिनरात कटाउन बाध्य छन् । दुई दिनअघि आरुआर्वाङ– १ बराम गाउँका ६० वर्षीय लालबहादुर बरामको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending