Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

भूकम्प प्रभावित गाउँमा माघको पहिलो सातामै वाइफाई

\"waifai\"काठमाडौं । म्यागासेसे पुपरस्कार विजेता म्याग्दीका महाविर पुनले भूकम्प प्रभावित तीन जिल्लामा इन्टरनेट वाइफाई सेवा दिने भएका छन् । उनले माघको पहिलो सातामै  गोरखा, सिन्धुपाल्चोक र लम्जुङ्का भूकम्प प्रभावित गाउँमा वाइफाई सेवा प्रदान गर्ने भएका हुन् । त्यसका लागि उनले तीब्र रुपमा काम सञ्चालन गरिरहेका छन् । भूकम्प प्रभावित गाउँलाई सूचनाप्रविधिका माध्यमबाट विश्वसँग जोड्न भन्दै पुनले इन्टरनेट सेवा दिन खोजेका हुन् ।  पुनले पहिलो चरणमा गोरखा, सिन्धुपाल्चोक र लमजुङका १० गाउँ, तीनवटा प्राथमिक स्वास्थ्यचौकीलाई वाइफाई सेवा दिने बताएका छन् । दोस्रो चरणमा गोरखा, सिन्धुपाल्चोक र लमजुङकै भूकम्प प्रभावित १६ गाउँ, १५ विद्यालय र पाँचवटा स्वास्थ्यचौकीमा वाइफाई सञ्चालन गर्ने पुनको योजना छ । इन्टरनेट सोसाइटीको सहयोगमा एक महिनाभित्रै वाइफाई सेवा दिन पुन कस्सिएका छन् । उनकाअनुसार माघको पहिलो साताबाटै तीन जिल्लाले यो सेवा पाउने छन् । एउटा हटस्पटबाट करिब एक किलोमिटर आसपासका दुई हजार व्यक्तिले वाइफाई चलाउन सक्ने पुनले बताए । इन्टरनेट सोसाइटीले १० गाउँका लागि एक करोड रुपैयाँबराबरको सोलार, टावर र आवश्यक उपकरण खरिद गरिदिने भएको छ । जडान सकिएपछि सम्बन्धित गाउँका बासिन्दालाई इन्टरनेट चलाउन सामान्य तालिमसमेत दिइने पुनले बताए । दोस्रो चरणमा सेवा दिनका लागि एसिया प्यासिफिक टेलिकम्युनिटीले एक करोड ७० लाख रुपैयाँ खर्च गर्न तयार भएको पुनले जानकारी दिए । भूकम्प जनाउ साइरन जोडिने भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सेवा दिएसँगै पुनले गोरखाको आरुघाटमाथि मनास्लु ट्रेकिङ जाने बाटोको पहिरो गइरहने चार ठाउँमा र केही विद्यालयमा भूकम्पको जनाउ दिने साइरन जडान गर्ने जनाएका छन् । भूकम्प आउनु करिब तीन सेकेन्डअगाडि बज्ने साइरन जडानका लागि युवा वैज्ञानिक राम र लक्ष्मणले सहयोग गरेको पुनले बताए । नेपाल दूरसञ्चार प्राधिकरणको ५० प्रतिशत र बाँकी ५० प्रतिशत रकम स्थानीय स्रोतबाट जुटाउने गरी तेस्रो चरणमा म्याग्दीका २६ गाविसका ४५ स्थानमा वाइफाई जडान गरिने पुनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending