Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

कांग्रेसमा रडाको, महाधिवेशन फेरि अवरुद्ध हुन सक्ने !

\"koirala-deuba\"काठमाडौं । आफूलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी मान्ने कांग्रेसमा विधि, प्रक्रिया र पद्धतिको धज्जी उडाउने गरेको आरोप पार्टीभित्रै छ । लोकतन्त्रको ठेकेदार आफैंलाई ठान्ने कांग्रेसमा गिरिजाप्रसाद कोइराला हुन् की सुशील कोइराला नै किन नहुन् पार्टीलाई आफ्नो पेवा जत्तिकै बनाउँदै आएका छन् । यही शैली संस्कारको रुपमा हुर्किदै जाँदा कांग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी होइन क्लबहरुको झुण्ड झैं लाग्न लागेको कांग्रेसकै एक नेताको टिप्पणी छ । १३ औं महाधिवेशन अन्तर्गत तल्लो तह गाउँ र नगरको अविधेशन आउन अब १९ दिन मात्र बाँकी हुँदा पनि गुटगत स्वार्थका कारण क्रियाशील सदस्यताको विषय नुटुंगिनुले कांग्रेसमा फेरि महाधिवेशन नै अवरुद्ध हुने हो की भन्ने चिन्ता छाएको छ । निर्वाचन समितिले मतदाताको सूची नपाउँदा केन्द्रदेखि स्थानीय तहमा निर्वाचनको काम अघि बढाउन सकेको छैन । यसकारण कांग्रेसमा तनाव उत्पन्न भएको छ । ‘एउटै पार्टी भएर पनि हामीले दुई पार्टीको अभ्यास गर्यौ । पार्टी जुटेदेखि संस्थापन र देउवा पक्षका नाममा भागबण्डाका आधारमा पार्टी चल्दा यो संस्कारकै रुपमा अघि बढेको छ’ कांग्रेसका एक बरिष्ठ केन्द्रीय सदस्य भन्छन्, ‘पार्टीलाई आफ्नो पेवा ठान्ने र आफ्नो पक्षको हालीमुहाली चलाउने अभ्यासलाई तीव्रता दिंदा महाधिवेशनको मुखमा आएर फेरि पनि पहिले जस्तै अवरुद्ध हुने हो की भन्ने चिन्ता छ ।’ तर, २०६७ असोज पाँचपछि नियमित चार वर्षमा अधिवेशन हुन नसकेपछि कांग्रेस संवैधानिक संकटमा थियो । नयाँ संविधानले ५ वर्ष र विशेष अवस्थामा ६ महिनासम्म थप्न पाउने गरी बाटो खोलिदिएपछि आगामी चैतभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता छ । तर, संस्थापन र देउवा पक्षले आफ्नो पक्षलाई मझबुत बनाउन देशैभर क्रियाशील सदस्यता बाड्दादेखि नै चरम अनियमत काम गरेपछि त्यसको असर अहिले पुनः देखिएको छ । सदस्यताको विवाद १० महिनामा छानविन समितिले बल्ल मिलाएर सभापति सुशील कोइरालाकै विश्वासपात्र नरहरि आचार्यले बुझाएको प्रतिवेदनमा पनि संस्थापन पक्ष सन्तुष्ट हुन सकेन । कारण : देउवा पक्षले देशैभर धाँधली गरेर सदस्यता बाँडे, अब अधिकांश ठाउँमा १२ औं महाधिवेशनको सूची अनुसार मात्र महाविधेशनमा भाग लिनु पाउनुपर्छ भन्ने उनीहरुको माग छ । तर, देउवा पक्ष यो स्वीकार्न तयार छैन । सभापतिले छानविन समितिले बुझाएको प्रतिवेदन निर्वाचन समितिलाई बुझाउनुको सट्टा आफू निकट समिति सदस्य रामकृष्ण यादवलाई नोट अफ डिसेन्ट लेख्न लगाएपछि आजको केन्द्रीय समितिको बैठकमा यो विषयले किचलो हुने देखिएको छ । देशैभर देउवा पक्षले आफू विजयी हुन सदस्यता बाडेको आशंका संस्थापन पक्षमा छ । त्यसैले प्रतिवेदन उल्ट्याउने तयारी कोइरालाको छ । तर, अहिलेको केन्द्रीय समितिमा बहुमतको बलमा प्रतिवेदन उल्ट्याएर आफूखुशी गरिए, संस्थापनविरुद्ध कडा रवैया देखाउँदै असहयोग गर्ने तयारी देउवा पक्षको छ । संस्थापनले देउवा पक्षले देशभर धाँधली गरेको भन्दै आफू निकटका नेतालाई केन्द्रीय कार्यालय सानेपामा धर्नादेखि आमरण अनसनमा बसाएको छ । तर, देउवा पक्षले फेरि पनि महाधिवेशन नगर्ने नीतिका साथ संस्थापनले किचलो झिकेको आरोप लगाएको छ । देउवा निकटका केन्द्रीय सदस्य रमेश रिजाल पास भइसकेको सदस्यतासम्बन्धी प्रतिवेदनमा किचलो झिक्दा फेरि अन्यौल बढ्ने भएकोले आफूहरु सतर्क भएको टिप्पणी गर्छन् । तर, संस्थापनका आनन्दप्रसाद ढुंगानाको तर्क बेग्लै छ । उनका अनुसार–‘देशका अधिकांश स्थानमा धम्क्याएर बरिष्ठ नेतालाई पनि क्रियाशील सदस्य बन्न नदिंदा’ यो समस्या आएको छ । देउवा पक्षको यो रणनीतिका कारण निर्धारित फागुन २० देखि २३ गतेसम्म महाधिवेशन भए आफ्ना पक्ष हार्ने निष्कर्षमा कोइराला पुगेका छन् । सोही कारण प्रतिवेदन उल्ट्याएर अधिकांश ठाउँमा १२ औं को सूची अनुसार महाधिवेशन गर्ने गरी प्रतिवेदनलाई परिमार्जन गराउने नीति कोइरालाले लिएका छन् । पछिल्लो समय भातृ संस्था, जिल्ला सभापति, सांसद जस्ता क्षेत्रमा देउवाको पकड बढ्दैछ । साथै, संस्थापनका केन्द्रीय सदस्यसमेत आफूनिकट तान्दैछन् । सोहीकारण पनि संस्थापन पक्ष डराएको देउवा पक्षको बुझाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending