Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

अब सबै नाका खुल्छन् : अध्यक्ष प्रचण्ड

दाङ  । दाङको तुलसीपुर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको सबै ध्यान नाकाबन्दी खुलाउन गएकाले सोचेजति काम गर्न नसकेको बताएका छन् । ‘संविधान घोषणा गरेर माओबादी सरकारमा गएपछि सरकारको मुख्य चुनौती भनेकै नाकाबन्दी र मधेस आन्दोलन भयो तरपनि यो चुनौतीको सामना गर्न जनताले पनि साथ दिएको बताउदै उनले भने \"बिश्वास गर्नुस अब हामी चाँडै निकास निकाल्छौँ, संविधान घोषणापछि शान्ति र संमृद्धिका आशा गरेका जनतालाई त्यसपछिको यो नाकाबन्दी र आन्दोलन बाट आजित बनाएको भन्दै उनले अब चाँडै नाका सहज हुने र त्यसका लागि प्रभावकारी पहल भइरहेको पनि बताए । \"prachanda-int प्रदेश नं. ५ का एमाओवादी अगुवा कार्यकर्ताहरुको भेलामा सम्बोधन गर्न शनिबार दाङ आएका प्रचण्डले तुलसीपुर उद्योग वाण्ज्यि संघको ज्ञापनपत्र बुझ्दै यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले सरकारको सम्पूर्ण ध्यान अहिले नाका खुलाउनमै केन्द्रित भएको भन्दै यो जटिल अबस्थाले गर्दा संविधानको कार्यान्वयन गर्न नसकेको प्ररस्ट पारे ।’ उनले सरकारको नेतृत्वमा समेत एमाओवादी भएका कारण पार्टीले पनि नाका खुलाउनका लागि आफ्नै तवरबाट पहल गरिरहेको बताउदै ‘प्रतिपक्ष पनि त्यसैमा लागेको हुनाले धेरै कामहरु हुन नसकेका उल्लेख गरे ।’ नाका सहज बनाउन देशभित्रै समाधान खोज्ने क्रममा ढिला भएको भन्दै उनले अब मधेसी मोर्चासँग केही दिनमै सहमति हुने र नाका सहज हुने विश्वास दिलाए । मधेसमा आन्दोलनरत पक्षका औचित्यपूर्ण मागहरुमा सहमति नजिक पुगिसकेको उनले बताए । अब केही दिनभित्रै सहमति हुने तथा नाका पनि सहज हुने बताए । सरकारको नेतृत्वमा जो भएपछि सरकार सञ्चालनको नेतृत्व एमाओवादीले गरिरहेको भन्दै प्रचण्डले अब देश, मधेसको समस्या सुल्झाउने मुख्य जिम्मेवारी पनि एमाओवादीकै रहेको बताए । उनले संविधानमा विमति राख्नेहरुलाई सहमतिमा ल्याउन उनीहरुकै चाहनाअनुरुपका संशोधन प्रस्ताव दर्ता भइसकेका कारण पनि समस्याको समाधान नजिक पुगिसकेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: