Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

माओवादीका पूर्व जनमुक्ति सेना फेरि संगठित

\"formorकाठमाडौं । मुलुकमा राष्ट्रियताको विषय गम्भीर बन्दै गइरहेका बेला माओवादी पूव जनमुक्ति सेनाहरु फेरि संगठित भएका छन् । सेना समोजनपछि पार्टीको अन्य संगठनहरुमा संगठित भएका तथा असंगठित माओवादी सेनाहरु फेरि संगठित भएका हुन् । पूर्व माओवादी सेनाको इतिहास नै गुम्ने खतरा रहेको भन्दै संगठित हुन चाहेको उनीहरुले बताएका छन् । भक्तपुरको सल्लाघारीमा शनिवार झण्डै डेढ सयको संख्यामा भेला भएका पूर्व माओवादी सेनाले देशब्यापी रुपमा संगठित हुने अभियान स्वरुप पूर्व पीएलए संयोजन समिति गठन गरेका छन् । भेलाले तेस्रो डिभिजनका पूर्व व्रिगेड सह कमाण्डर बिरु तामाङ ‘सुदीप’ को संयोजकत्वमा २३ सदस्य ‘पूर्व पीएलए संयोजन समिति’ गठन गरेको छ । पूर्व पीएलएहरुको भेलाले राष्ट्रियताका लागि देशब्यापी अभियान चलाउने तथा सबै सदस्यहरु संगठित गर्दै छिट्टै नै राष्ट्रिय भेलाको आयोजना गर्ने संयोजक सुदीपले बताए । भेलामा शहीद परिवारको तर्फबाट भगवती प्रधान, घाइतेको तर्फबाट भक्तबहादुर थापा ‘अपिल’, बर्हिगर्मित जनमुक्ति सेनाको तर्फबाट लेनिन विष्ट लगायतले धारणा राख्दै विगतमा माओवादी जनमुक्ति सेनाले गरेको योगदान कहिल्यै नमेटिने भन्दै त्यसको रक्षाको लागि पनि निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए । भेलामा पूर्व ब्रिगेड कमाण्डर तथा पूर्व सभासद राजकुमार श्रेष्ठ, पूर्व व्रिगेड कमाण्डर प्रकाश जीएम, व्रिगेड भीसी निर्मल, ज्ञानबहादुर गुरुङ ‘कसम’ लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पूर्व पीएलए बटालियन कमाण्डर देबीबहादुर पराजुली ‘प्रशान्त’ले गरेका थिए । दश वर्ष जनयुद्ध लडेको माओवादी जनमुक्ति सेना २०६३ मा शान्ति प्रक्रियामा आएसँगै क्यान्टोन्मेन्टमा राखिएको थियो । राष्ट्र संघको प्रमाणिकरणमा परेका झण्डै ३५ हजार सेनालाई अस्थायी क्यान्टोन्मेन्टमा राखिएको थियो । ती मध्ये अधिकांशले स्वेच्छिक अवकास रोजेका थिए भने महासेनानीसहित १४ सय ३९ जना समायोजनमा गएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: