Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

तामाङ चलचित्र म्लाङ प्वाँहार (कालो अरिङ्गाल) को प्रोमो सार्वजनिक

\"bannar-750\" भक्तपुर । तामाङ चलचित्र म्लाङ प्वाँहार (कालो अरिङगाल) आगामी फागुनको तेस्रो सातादेखि प्रर्दशनमा आउने भएको छ । तामाङ चलचित्र निर्माण भएकामध्ये पहिलो उच्च प्रविधिबाट यो चलचित्र निर्माण गरिएको छ । शुक्रबार रफत सञ्चार क्लबमा उक्त चलचित्रको प्रोमो भिडियो सार्वजनिक गरिएको छ । यस चलचित्रमा नेपाली समाजमा गरिब, निमुखा, बिपन्न र उत्पीडनमा परेका वर्गहरुमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार र ज्यादति बिरुद्ध आवाज उठाइ आमरुपमा समाजलाई सचेत र सजक गराई रुपान्तरण सहितको परिवर्तन गर्ने प्रयास गरिएको छ । वर्तमान समसामायिक विषयलाई समेटेर निर्माण गरिएको चलचित्र ‘म्लाँङ प्वाँहारले राजनीतिक विकृतिमाथि पनि व्यङ्ग्यात्मक रुपमा प्रहार गरिएको छ । विशेषगरी निर्वाचनका  क्रममा सर्वसाधारणलाई विभिन्न प्रलोभन र लालचमा पारेर उनीहरुका मत आफ्नो पक्षमा पारी निर्वाचनमा बिजय हासिल गरी राज्यसत्तामा पुग्ने राजनीतिक चरित्रप्रति तिखो व्यङ्ग्य प्रस्तुत गर्दै चलचित्रले सर्वसाधारणलाई सचेत बन्न समेत प्रेरणा प्रदान गरेको छ । थोकर फिल्मस्को ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा निर्देशन शंकर महर्जनले गरेका छन् भने द्वन्द्व शंकर महर्जन, नृत्य अजय स्याङ्तानको रहेको प्रस्तुतकर्ता एवं खलनाएक बिकु थोकरले जानकारी दिए । कलाकारहरुमा जंगे लोप्चन, सुनिता लुङ्बा, सफल दोङ, संगित दोङ, सुष्मा मोक्तान लगायतका कलाहरुले आफ्नो भूमिका प्रस्तुत गरेका छन् । थोकरले यस भन्दा अघि १७ वटा तामाङ चलचित्र र २ वटा नेपाली चलचित्रमा खलनायककोे भूमिका निर्वाह गरिसकेका छन् । छोटो समयमा नै दर्शकको अत्याधिक मन जित्न सफल थोकरले चलचित्र निर्माण क्षेत्रलाई पनि तिब्र गतिमा अगाडि बढाएका छन भने हालसम्म उनीद्वारा निर्मित चलचित्र ‘मायासे लासी, म्हेन्दो, नेपाली चलचित्र चक्र, ङाला माया र म्लाङ प्वाँहार रहेका छन । पाँचवटा चलचित्र निर्माण गरिसकेका थोकरले पृथक ढंगको चलचित्र निर्माण गरी कलाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने लक्ष्य राखेको बताए । चलचित्रको प्रोमो बरिष्ठ कलाकार जयनन्द लामाले उद्घाटन गरेका हुन् । उनले लामो समयसम्म कला क्षेत्रमा लागेपनि आर्थिक अभाबका कारण तामाङ चलचित्र निर्माण गर्न नसकेको र निर्माण गरिएको चलचित्र ‘म्लाँङ प्वाँहार उत्कृष्ट बनेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending