Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राज्यलाई दबाब दिन बागलुङमा प्रतिक्षालय निमार्ण

बागलुङ । विगतको सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाका परिवारले बागलुङमा यात्रु प्रतीक्षालय निर्माण गरेका छन् । बेपत्ताजनको खोजीमा राज्यलाई दबाब दिन र उनीहरुको सम्झनामा बागलुङ कालिका भगवती मन्दिर परिसरमा प्रतीक्षालय निर्माण गरिएको हो । धवलागिरि अञ्चलका २६ बेपत्ता परिवारको पहल र लगानीमा प्रतीक्षालय बनाइएको बेपत्ता परिवार समाजकी अध्यक्ष जशोदा शर्माले बताए । अन्तर्रा्ष्ट्रिय रेडक्रसको दुई लाख, बेपत्ता परिवारबाट आर्थिक सहयोग र ऋणसमेत गरेर ६ लाख ३९ हजार रूपैयाँको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।\"Baglung-600\" आर्थिक सङ्कलन भएको पाँच लाख ४६ हजारबाहेक बाँकी ९३ हजार रुपैयाँ ऋण रहेको अध्यक्ष शर्माले जानकारी दिए । ‘कालिका मन्दिर परिसरमा धेरै ठाउँका व्यक्तिको आवतजावत हुने गर्दछ, हाम्रो पीडा र आवाज बाहिरसम्म पुग्ला भनेर त्यहीँ ठाउँ रोजेका हौँ’, अध्यक्ष शर्माले भने । पन्ध्र वर्ष बित्दासमेत राज्यले बेपत्ताको अवस्था सार्वजनिक नगरेर अन्याय गरेको उनको आरोप छ । ‘हाम्रो आवाज सुनिएको छैन, हाम्रो परिवारका सदस्य कस्तो अवस्थामा छन, कुनै अत्तोपत्तो छैन’, अध्यक्ष शर्माले भने, ‘बेपत्ता परिवार जुटेर आर्थिक सङ्कलन गरेर प्रतीक्षालय बनाएका छौँ, यसले केही सन्देश दिनेछ भन्ने हाम्रो विश्वास छ ।’ उनले तत्कालका लागि प्रतीक्षालयमा २६ जना बेपत्ताजनको नाम अङ्कित शिलालेख राखिएको जानकारी दिए । थप सहयोग जुटाएर बेपत्ताको तस्विरसहितको विवरण राख्ने तयारी भइरहेको उनको भनाइ छ । प्रतीक्षालय निर्माणले बेपत्ता परिवारको न्यायिक प्रक्रियामा दबाब सिर्जना गरेको वकालत मञ्च धवलागिरिका संयोजक राम शर्माले बताए । राज्यले बेपत्ता परिवारको मागलाई सम्बोधन गर्न नसकिरहेको अवस्थामा यसले सकारात्मक सन्देश दिने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: