Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेपाल भारत संयुक्त सचिवस्तरीय बैठक स्थगित : सन्दर्भ पञ्चेश्वर विकास प्राधिकरण

\"india-nepal\"काठमाडौँ । पश्चेश्वर विकास प्राधिकरणको विषयमा छलफल गर्ने आयोजना गरिएको नेपाल भारत संयुक्त सचिवस्तरीय बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बिहीबारबाट सुरु हुने भनिएको बैठक भारतीय पक्षले विशेष काम परेकाले आफूहरु सहभागी हुन नसक्ने बताएपछि अन्तिम समयमा आएर स्थगित भएको हो । नेपाल र भारत दुबै मुलुकले अगाडि बढाउने सो आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा अगाडि बढाउन लागिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा नै सो आयोजनालाई अगाडि बढाउने सहमति भएको थियो । भारतीय पक्षले जरुरी काम प¥यो भन्दै बैठकमा सहभागी हुन नसक्ने जनाएपछि अन्तिम समयमा आएर संयुक्त बैठक स्थगित भएको हो । ऊर्जा सचिव सुमनप्रसाद शर्माले तत्कालका लागि बैठक स्थगित भएको भए पनि जनवरीको अन्तिम साता वा फ्रेबुअरीको पहिलो सातामा नै बैठक बस्ने तयारी गरिएको छ । भारतको अघोषित नाकाबन्दीपछि एक अर्काप्रति चिसो बनेको सम्बन्ध समेत सुधार गर्न सकिने महत्वपूर्ण कडीको रुपमा समेत सो बैठकलाई लिइएको थियो । बैठकमा नेपाल र भारतका ऊर्जा सचिव एवम् प्राधिकरणका उच्च अधिकारीको सहभागिता रहने जनाइएको थियो । कुल छ हजार ६९० मेगावाट विद्युत् उत्पादन गर्ने र नेपालतर्फ कञ्चनपुर र भारतको केही भू–भागमा समेत सिंँचाइ सुविधा उपलब्ध गराउने सो आयोजना विगत २३ वर्षदेखि अगाडि बढ्न सकेको थिएन । गत साल भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणपछि सो आयोजनाले गति पाएको थियो ।  नेपाल र भारतमा दुईपटक बैठक भइसकेको र नेपालमा आयोजना गरिएको बैठक भने तेस्रो हो । पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङ यस पटकको बैठकमा प्रमुख तीन एजेण्डा रहेको जानकारी दिए । उनले प्राधिकरणको संस्थागत स्वरुप सुनिश्चित गर्ने नै प्रमुख एजेण्डा रहेको उल्लेख गरे । यस्तै नेपाल र भारतले संयुक्त रुपमा अगाडि बढाएको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० को प्रगति सुन्ने र नयाँ वर्षको बजेट तथा नयाँ कार्यक्रम स्वीकृत गर्ने एजेण्डा रहेको थियो । डिपिआरको काम भने वासकोपले गरिरहेको छ । बैठकको नेतृत्व नेपालबाट ऊर्जा सचिव शर्मा र भारतका तर्फबाट जलस्रोत सचिव शशी शेखरले गर्ने कार्यक्रम तय भएको थियो । विभिन्न सरकार गठन भएलगत्तै सो आयोजनालाई अगाडि बढाउने भनेर प्रतिबद्धता जनाए पनि त्यसको व्यवहारिक कार्यान्वयन गराउने सम्बन्धमा भने ठोस प्रगति हुन सकेको थिएन । दुई मुलुकबीचको सीमा नदी महाकाली नदीमा कुल ६ हजार ७२० मेगावाट विद्युत् उत्पादन गर्ने र जम्मा भएको पानीबाट दुई मुलुकको कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजना ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाभन्दा १० गुणा, ७५० मेगावाट क्षमताको पश्चिम सेतीभन्दा छ गुणा सस्तो आयोजनाका रूपमा लिने गरिएको छ । आयोजनाले विस्थापित गर्ने प्रतिमेगावाट जनसङ्ख्याको हिसाबले पश्चिम सेतीको भन्दा २५ प्रतिशत, डुबानको हिसाबले २२ प्रतिशत र उत्पादनको हिसाबले ४५ प्रतिशतभन्दा बढी हुने अध्ययनबाट देखिएको छ । उत्पादन लागत भने प्रतिकिलोवाट २ दशमलव ५५ रहेको छ । पञ्चेश्वर उच्च बाँध तथा रूपालीगाड रि–रेगुलेटिङ बाँध आयोजनाको गरी जम्मा लगानी ३३६ अर्ब ९चार हजार ४७५ मिलियन अमेरिकी डलर० लाग्ने भएको छ । सो आयोजनामा नेपालले करिब रु १२६ देखि १३० अर्ब मात्र लगानी गर्नुपर्ने छ । १० वर्ष निर्माण अवधि भएको खण्डमा नेपालले प्रतिवर्ष १३ अर्ब मात्र लगानी गरे हुने देखिन्छ । आयोजना अगाडि बढेको खण्डमा सो परिमाणको रकम लगानी गर्न नेपालका लागि भने खासै गाह्रो पर्ने देखिँदैन । आयोजनाबाट नेपालले वार्षिक ३४ अर्ब ५० करोड प्राप्त हुने र मत्स्यपालन, कार्बन व्यापार, सिँचाइ तथा पर्या–पर्यटन, जडीबुटी, फलफूलमा उल्लेख्य आम्दानी गर्न सकिन्छ । आयोजनाबाट प्राप्त हुने राजस्वबाट हरेक वर्ष डडेल्धुराले ५६ करोड, दार्चुला, कैलाली, डोटी, बझाङ, बाजुरा र अछामले  २३ करोड प्राप्त गर्ने अध्ययनले देखाएको छ । सो आयोजनाको बाँधस्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको । सुरुमा सो आयोजनाबाट केवल एक हजार मेगावाट मात्र जलविद्युत् उत्पादन हुनसक्ने देखिएको भए पनि सन् १९९१ मा सो आयोजनामा ३१५ मिटर बाँध बाँध्दा ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending