Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपाल भारत संयुक्त सचिवस्तरीय बैठक स्थगित : सन्दर्भ पञ्चेश्वर विकास प्राधिकरण

\"india-nepal\"काठमाडौँ । पश्चेश्वर विकास प्राधिकरणको विषयमा छलफल गर्ने आयोजना गरिएको नेपाल भारत संयुक्त सचिवस्तरीय बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बिहीबारबाट सुरु हुने भनिएको बैठक भारतीय पक्षले विशेष काम परेकाले आफूहरु सहभागी हुन नसक्ने बताएपछि अन्तिम समयमा आएर स्थगित भएको हो । नेपाल र भारत दुबै मुलुकले अगाडि बढाउने सो आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा अगाडि बढाउन लागिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा नै सो आयोजनालाई अगाडि बढाउने सहमति भएको थियो । भारतीय पक्षले जरुरी काम प¥यो भन्दै बैठकमा सहभागी हुन नसक्ने जनाएपछि अन्तिम समयमा आएर संयुक्त बैठक स्थगित भएको हो । ऊर्जा सचिव सुमनप्रसाद शर्माले तत्कालका लागि बैठक स्थगित भएको भए पनि जनवरीको अन्तिम साता वा फ्रेबुअरीको पहिलो सातामा नै बैठक बस्ने तयारी गरिएको छ । भारतको अघोषित नाकाबन्दीपछि एक अर्काप्रति चिसो बनेको सम्बन्ध समेत सुधार गर्न सकिने महत्वपूर्ण कडीको रुपमा समेत सो बैठकलाई लिइएको थियो । बैठकमा नेपाल र भारतका ऊर्जा सचिव एवम् प्राधिकरणका उच्च अधिकारीको सहभागिता रहने जनाइएको थियो । कुल छ हजार ६९० मेगावाट विद्युत् उत्पादन गर्ने र नेपालतर्फ कञ्चनपुर र भारतको केही भू–भागमा समेत सिंँचाइ सुविधा उपलब्ध गराउने सो आयोजना विगत २३ वर्षदेखि अगाडि बढ्न सकेको थिएन । गत साल भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणपछि सो आयोजनाले गति पाएको थियो ।  नेपाल र भारतमा दुईपटक बैठक भइसकेको र नेपालमा आयोजना गरिएको बैठक भने तेस्रो हो । पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङ यस पटकको बैठकमा प्रमुख तीन एजेण्डा रहेको जानकारी दिए । उनले प्राधिकरणको संस्थागत स्वरुप सुनिश्चित गर्ने नै प्रमुख एजेण्डा रहेको उल्लेख गरे । यस्तै नेपाल र भारतले संयुक्त रुपमा अगाडि बढाएको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० को प्रगति सुन्ने र नयाँ वर्षको बजेट तथा नयाँ कार्यक्रम स्वीकृत गर्ने एजेण्डा रहेको थियो । डिपिआरको काम भने वासकोपले गरिरहेको छ । बैठकको नेतृत्व नेपालबाट ऊर्जा सचिव शर्मा र भारतका तर्फबाट जलस्रोत सचिव शशी शेखरले गर्ने कार्यक्रम तय भएको थियो । विभिन्न सरकार गठन भएलगत्तै सो आयोजनालाई अगाडि बढाउने भनेर प्रतिबद्धता जनाए पनि त्यसको व्यवहारिक कार्यान्वयन गराउने सम्बन्धमा भने ठोस प्रगति हुन सकेको थिएन । दुई मुलुकबीचको सीमा नदी महाकाली नदीमा कुल ६ हजार ७२० मेगावाट विद्युत् उत्पादन गर्ने र जम्मा भएको पानीबाट दुई मुलुकको कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजना ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाभन्दा १० गुणा, ७५० मेगावाट क्षमताको पश्चिम सेतीभन्दा छ गुणा सस्तो आयोजनाका रूपमा लिने गरिएको छ । आयोजनाले विस्थापित गर्ने प्रतिमेगावाट जनसङ्ख्याको हिसाबले पश्चिम सेतीको भन्दा २५ प्रतिशत, डुबानको हिसाबले २२ प्रतिशत र उत्पादनको हिसाबले ४५ प्रतिशतभन्दा बढी हुने अध्ययनबाट देखिएको छ । उत्पादन लागत भने प्रतिकिलोवाट २ दशमलव ५५ रहेको छ । पञ्चेश्वर उच्च बाँध तथा रूपालीगाड रि–रेगुलेटिङ बाँध आयोजनाको गरी जम्मा लगानी ३३६ अर्ब ९चार हजार ४७५ मिलियन अमेरिकी डलर० लाग्ने भएको छ । सो आयोजनामा नेपालले करिब रु १२६ देखि १३० अर्ब मात्र लगानी गर्नुपर्ने छ । १० वर्ष निर्माण अवधि भएको खण्डमा नेपालले प्रतिवर्ष १३ अर्ब मात्र लगानी गरे हुने देखिन्छ । आयोजना अगाडि बढेको खण्डमा सो परिमाणको रकम लगानी गर्न नेपालका लागि भने खासै गाह्रो पर्ने देखिँदैन । आयोजनाबाट नेपालले वार्षिक ३४ अर्ब ५० करोड प्राप्त हुने र मत्स्यपालन, कार्बन व्यापार, सिँचाइ तथा पर्या–पर्यटन, जडीबुटी, फलफूलमा उल्लेख्य आम्दानी गर्न सकिन्छ । आयोजनाबाट प्राप्त हुने राजस्वबाट हरेक वर्ष डडेल्धुराले ५६ करोड, दार्चुला, कैलाली, डोटी, बझाङ, बाजुरा र अछामले  २३ करोड प्राप्त गर्ने अध्ययनले देखाएको छ । सो आयोजनाको बाँधस्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको । सुरुमा सो आयोजनाबाट केवल एक हजार मेगावाट मात्र जलविद्युत् उत्पादन हुनसक्ने देखिएको भए पनि सन् १९९१ मा सो आयोजनामा ३१५ मिटर बाँध बाँध्दा ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: