Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

छिमेकी मुलुकलाई गाली गरेर मात्र राष्ट्रबादी बनिदैन– बाबुराम भट्टराई

\"baburam-bhattarai\" बागलुङ्ग । पुर्व प्रधानमन्त्री एवं नयां शक्ति अभियानका प्रमुख अभियान्ता डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वाधिनताका लागि आफु आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । नयां शक्ति निर्माण अभियानका क्रममा आज बागलुङ्ग पुगेका भट्टराईले बागलुङ्गमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई  सम्बोधन गर्दै छिमेकी मुलुकलाई गाली गर्दैमा राष्ट्रबादी बन्न नसकिने बताए । सच्चा राष्ट्रबादी बन्नका लागि भारत र चिनको सहयोग लिएर आत्मनिर्भरताको लागि बैकल्पीक मार्ग खोज्नुपर्नेमा उनले जोड दिए । नेपालको राजनिति ठगी खाने भाडोको रुपमा बिकसित  भएकोले राष्ट्रियता कमजोर बन्दै गएको  भन्दै  पुर्व एमाओबादी नेता भट्टराईले अवको आफ्नो पहिलो एजेण्डा बिकास र आर्थिक सम्मृद्धि भएको दाबी गरे । पुराना राजनितिक शक्तिहरु बाट मुलुकको परिवर्तन हुने सम्भावना नरहेको चर्चा गर्दै उनले भने, ‘मुलुकलाई कायापटल गर्न सक्ने खालको नयां शक्ति आवश्यक छ । नेपालको पछिल्लो राजनितिक साशन व्यवस्थामा ६ महिना वर्षदिनमा सरकार बदलिईरहने परिपार्टीको बिकास दलगत भ्रष्टाचार र बिकृतिले गर्दा मुलुक कमजोर बन्दै गएको भन्दै पुर्व अर्थमन्त्रि समेत रहेका भट्टराईले अव मुलुकलाई स्थायित्व दिनका लागि संबिधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी  प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए । आफु अर्थमन्त्री हुदा गर्न नसकेका कार्यबाट आलोचित हुनुपरेको स्मरण गर्दै उनले छोटो समयमा जो कोही सरकारमा बसेपनि केही गर्न नसक्ने भन्दै अव प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था हुनुपर्नेमा जोड दिए । आफ्नो ४० बर्षे राजनितिक यात्रामा मुलुकको राजनिति भ्रष्टाचार बिकृतिबिसंगती तर्फ उन्मुख भएको  छ उनले भने, ‘अव नयां सोचका साथ मुलुकमा आर्थिक पर्यटन शिक्षा र स्वास्थ्य र औद्योगिक क्षेत्रको बिकासका लागि नयां शक्तिको आवश्यक पर्दछ । उनले फरक ढङ्गबाट सत्तामा जानका लागि नयां शक्ति निर्माण गरेको भन्ने आरोपको खण्डन गर्दै, आफु कुनै पार्टी प्रमुख भन्दा मुलुककै प्रमुख कार्यकारी प्रधानमन्त्री भईसकेकोले पदिय लोलुप नभै मुलुक र जनताको परिवर्तनका लागि निष्पक्ष रुपमा नयां शक्ति निर्माण अभियान संचालन गरेको दाबी गरे । त्यसैगरी नयां शक्ति अभियानका केन्द्रिय अभियान्ता देबेन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि नयां शक्ति निर्माण अभियान निर्माणको आवश्यकता रहेको बताए । नयां शक्ति अभियानमा बिशेष प्रतिभा र क्षमतावानलाई अगाडी बढाउन सकिने भन्दै पुर्व एमाओबादी नेता समेत रहेका पौडेलले मुलुकको बिग्रेको परिष्थितिलाई सुधार गर्नका लागि नयां संकल्प र सोचका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले नयां शक्ति बैकल्पिक राजनितिक धार भएको बताउनु बतए । कार्यक्रमा नेपाली काङ्गेस, एमाले, माओबादी राजमो लागायत बिभिन्न पेसा व्याव्सायमा संलग्नहरुले सहभागिता जनाएका थिए । कार्यक्रम नयां शक्ति अभियानका अभियान्ता बाबुकाजी केसीको अध्यक्षता, युवा व्याव्सायी संगम केसीको स्वागत मन्तव्य र बुद्धिवल थापाको संचालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: