Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

छिमेकी मुलुकलाई गाली गरेर मात्र राष्ट्रबादी बनिदैन– बाबुराम भट्टराई

\"baburam-bhattarai\" बागलुङ्ग । पुर्व प्रधानमन्त्री एवं नयां शक्ति अभियानका प्रमुख अभियान्ता डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वाधिनताका लागि आफु आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । नयां शक्ति निर्माण अभियानका क्रममा आज बागलुङ्ग पुगेका भट्टराईले बागलुङ्गमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई  सम्बोधन गर्दै छिमेकी मुलुकलाई गाली गर्दैमा राष्ट्रबादी बन्न नसकिने बताए । सच्चा राष्ट्रबादी बन्नका लागि भारत र चिनको सहयोग लिएर आत्मनिर्भरताको लागि बैकल्पीक मार्ग खोज्नुपर्नेमा उनले जोड दिए । नेपालको राजनिति ठगी खाने भाडोको रुपमा बिकसित  भएकोले राष्ट्रियता कमजोर बन्दै गएको  भन्दै  पुर्व एमाओबादी नेता भट्टराईले अवको आफ्नो पहिलो एजेण्डा बिकास र आर्थिक सम्मृद्धि भएको दाबी गरे । पुराना राजनितिक शक्तिहरु बाट मुलुकको परिवर्तन हुने सम्भावना नरहेको चर्चा गर्दै उनले भने, ‘मुलुकलाई कायापटल गर्न सक्ने खालको नयां शक्ति आवश्यक छ । नेपालको पछिल्लो राजनितिक साशन व्यवस्थामा ६ महिना वर्षदिनमा सरकार बदलिईरहने परिपार्टीको बिकास दलगत भ्रष्टाचार र बिकृतिले गर्दा मुलुक कमजोर बन्दै गएको भन्दै पुर्व अर्थमन्त्रि समेत रहेका भट्टराईले अव मुलुकलाई स्थायित्व दिनका लागि संबिधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी  प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए । आफु अर्थमन्त्री हुदा गर्न नसकेका कार्यबाट आलोचित हुनुपरेको स्मरण गर्दै उनले छोटो समयमा जो कोही सरकारमा बसेपनि केही गर्न नसक्ने भन्दै अव प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था हुनुपर्नेमा जोड दिए । आफ्नो ४० बर्षे राजनितिक यात्रामा मुलुकको राजनिति भ्रष्टाचार बिकृतिबिसंगती तर्फ उन्मुख भएको  छ उनले भने, ‘अव नयां सोचका साथ मुलुकमा आर्थिक पर्यटन शिक्षा र स्वास्थ्य र औद्योगिक क्षेत्रको बिकासका लागि नयां शक्तिको आवश्यक पर्दछ । उनले फरक ढङ्गबाट सत्तामा जानका लागि नयां शक्ति निर्माण गरेको भन्ने आरोपको खण्डन गर्दै, आफु कुनै पार्टी प्रमुख भन्दा मुलुककै प्रमुख कार्यकारी प्रधानमन्त्री भईसकेकोले पदिय लोलुप नभै मुलुक र जनताको परिवर्तनका लागि निष्पक्ष रुपमा नयां शक्ति निर्माण अभियान संचालन गरेको दाबी गरे । त्यसैगरी नयां शक्ति अभियानका केन्द्रिय अभियान्ता देबेन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि नयां शक्ति निर्माण अभियान निर्माणको आवश्यकता रहेको बताए । नयां शक्ति अभियानमा बिशेष प्रतिभा र क्षमतावानलाई अगाडी बढाउन सकिने भन्दै पुर्व एमाओबादी नेता समेत रहेका पौडेलले मुलुकको बिग्रेको परिष्थितिलाई सुधार गर्नका लागि नयां संकल्प र सोचका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले नयां शक्ति बैकल्पिक राजनितिक धार भएको बताउनु बतए । कार्यक्रमा नेपाली काङ्गेस, एमाले, माओबादी राजमो लागायत बिभिन्न पेसा व्याव्सायमा संलग्नहरुले सहभागिता जनाएका थिए । कार्यक्रम नयां शक्ति अभियानका अभियान्ता बाबुकाजी केसीको अध्यक्षता, युवा व्याव्सायी संगम केसीको स्वागत मन्तव्य र बुद्धिवल थापाको संचालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending