Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

जाडो थेग्न नसकेपछि भत्किएकै घरमा फर्कंदै भूकम्पपीडित

\"vukampa_House\"भक्तपुर । शिविरमा जाडो थेग्न नसकेपछि भक्तपुरका विभिन्न ठाउँका अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित शिविर छाडेर भत्काएकै घरमा फर्किन थालेका छन् । जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूकम्पपीडित टेन्ट र पालमा जाडो थेग्न नसकेपछि शिविर छाड्दै भूकम्पले भत्किएकै घरमा फर्कन थालेका हुन् । भूकम्पपीडित भत्किएका घरको माटो पन्छाएर पुरानै घरको इँटा, झ्याल ढोकाको प्रयोग गरेर छाप्रो बनाएर बस्न थालेका छन् । कतिपय भने भत्किएको घरलाई छोट्याएर एक तलामात्र राखेर त्यसैमा जोखिम मोलेरै बस्न थालेका छन् । भक्तपुर नगरपालिकाका अनुसार जाडो बढेपछि भक्तपुरका ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितले आफू बस्दै आएको शिविर छाडेका छन् । शिविर छाड्नेमध्ये आर्थिक उपार्जनमा फर्किएकाले कोठा भाडामा लिएर बस्न थालेका छन् । भूकम्पपछि कोठा भाडासमेत बढेपछि भाडा तिर्न नसक्नेहरु शिविरमै बसेका छन् भने धेरैजसो पीडित आफ्नो पुरानो थातथलोमै फर्किन थालेका हुन् । भूकम्प आएपछि सबैभन्दा बढी पीडित बसेको जगातीस्थित महेश्वरी खेल मैदानको शिविर अहिले पूर्ण रुपमा खाली छ । यहाँका भूकम्पपीडितले शिविर छाडेपछि यहाँको टेन्ट र पालसमेत झिकेर खेल मैदान पूर्णरुपमा खाली बनाइएको छ । महेश्वरीको शिविरमा बस्ने माइला श्रेष्ठले दुई महिनाअघि नै शिविर छाडेको बताए । उनले भने  –‘जाडो बढेपछि सक्नेले कोठा भाडामा लिएर बस्न थाले, नसक्नेले भूकम्पले भत्काएको आफ्नै घर मर्मत गरेर बस्न गए, हामीले पनि भत्किएकै घरको इँटा माटो मिलाएर सानो टहरा हालेर बस्यौँ, अहिले महेश्वरीको शिविर सबैले छाडिसके ।’ भक्तपुरकै सरस्वती माध्यमिक विद्यालयको चौरमा रहेको शिविरसमेत आधाभन्दा बढी खाली भएको छ । जाडो बढेपछि यहाँको शिविर छाडेर भूकम्पले भत्काएकै घरमा गएर बस्नुपरेको रीता भोखाले बताए । सात महिना यहीको शिविरमा बस्दै आएकी उनी अस्थायी शिविरमा त्रिपाल र टेन्टमा बस्दै आएका भूकम्पपीडितमध्ये धेरैले आफ्नै जग्गा वा घर भत्किएकै ठाउँमा जस्ताको टहरा बनाएर बसेको बताए । उनले भने, ‘हुनेखानेहरु कोठा लिएर बस्न थाले, कतिपयले भत्किएकै घरमा टहरो हालेर बस्न थाले, कतिपय त जे सुकै होस् भनेर भत्किएकै घरमा बस्न थालेका छन्, जस्ताको टहरा बनाउन नसक्ने, टहरा बनाउन आफ्नो जग्गा नभएकाहरु र भाडामा कोठा नपाउनेहरु मात्रै अझै शिविरमा कष्टपूर्ण जीवन बिताउँदै छन् ।’ कमलविनायकको शिविरका राजु सुवालले पातलो टेन्टभित्रको जीवनलाई छोट्याएर सुरक्षित अर्को ठाउँमा जान पाए हुन्थ्यो जस्तो भएको बताउँदै भने– ‘जाने ठाउँ छैन, शिविरमा जाडोले बस्न सकिन्न, मर्नु न बाच्नुको अवस्था भो ।’ जिल्ला प्रशासन कार्यालयका अनुसार महेश्वरी, कमलविनायक, व्यासी, दूधपाटी, नःपुखु, भाजू पुखुलगायतका क्षेत्रमा बस्दै आएका आधाभन्दा बढी भूकम्पपीडितले अस्थायी शिविर छाडेका छन् । अस्थायी शिविर छाडेपछि प्रहरी प्रशासनले त्यस्तो शिविरमा राखेको टेन्ट, त्रिपाल, पाललगायतका सामग्री सङ्कलन गरेर राख्न थालेको छ । त्यस्ता सामान नेपाल रेडक्रस सोसाइटीलाई राख्न दिइने प्रशासनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: