Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

चीनको पनि नेपालमाथि नाकाबन्दी हो ?

\"kamalकाठमाडौं । नेपालमा १२ वैशाखमा विनाशकारी भूकम्प आयो । भूकम्पबाट गोरखासहितका वाग्मती अञ्चलमा जिल्लाहरुमा सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित हुन पुग्यो । नेपालको उत्तरी छिमेकी चीनसँग व्यापारको लागि सिन्धुपाल्चोककै तातोपानी नाका भूकम्पले क्षति पुर्याएपछि बन्द हुन पुग्यो । तर, भूकम्प गएको ८ महिना बितिसक्दा पनि चीनसँगको प्रमुख र महत्वपूर्ण तातोपानी नाका अझै खुल्न सकेको छैन । नेपालले यो नाकालाई प्राथमिकतामा राखेको छ तर, चीनको प्राथमिकता तातोपानी नभई रसुवागढी नाकातर्फ रहेको देखिन्छ । भूकम्पबाट प्रभावित भएको भन्दै यो नाका खुल्न चार पाँच महिना लाग्ने चीनले बताउँदै आएको छ ।   भूकम्पले पीडित नेपालीलाई भारतले नाकाबन्दी गरेर दैनिक जीवन नै अस्तव्यस्त पारिदियो । इन्धन, औषधी, खाद्यान्नको अभावले जनजीवन असाध्यै कष्टकर बन्न पुगे पनि भारतले ७० प्रतिशत सामान आयात हुने रक्सौल नाकालाई पूर्ण ठप्प बनाउँदै आएको छ । यो क्रम झण्डै चार महिना पुग्न लागेको छ । तर, अझै खुल्ने छाँट देखिंदैन ।   यसको विकल्पमा नेपालले इन्धन, खाद्यान्नसहितका अत्यावश्यक सामग्री ल्याउन उत्तरी छिमेकी चीनतर्फ आँखा पुर्याएको छ तर, चीनसँग द्रुततर रुपमा यस्ता सामग्री ल्याउने गरी सहमति र सम्झौता अघि बढ्न सकेका छैनन् । नेपालमा मानवीयताको संकट गहिरिएपछि चीनले अनुदानको रुपमा १० लाख लिटर पेट्रोल रसुवागढी नाकाबाटै दिओ । फेरि पनि अनुदानमा पेट्रोल दिने घोषणा चीनले गरेको छ । तर, यो पनि रसुवागढीबाटै दिने उसको योजना छ ।   तर, तातोपानीलाई पहिले जस्तै पूर्ण रुपमा पहिलो प्राथमिकतामा राखेर चीनले यसलाई सुचारु गर्न चाहिरहेको छैन । किनकी नेपालको भरपर्दो प्रतिवद्धता आए चीन केरुङतिरको रसुवागढी नाकालाई नै प्रमुख नाका बनाएर नेपाललाई सबै खालका सहयोग गर्न तयार छ । तर, गढीतर्फको बाटो कच्चा भएकोले पक्की बाटौ भएको तातोपानी नाका नेपालको प्राथमिकतामा छ । तत्काललाई वीरगंज जत्तिकै महत्वको नाका तातोपानी हो । तर, भारतले नाकाबन्दी लगाएको बेला तातोपानी पनि भूकम्पको कारण बाटो खुलेर पनि बन्द छ ।   भारतले यसैलाई निहुँ बनाएर चीन पनि नेपालमाथि नाकाबन्दी गरेको कुटनीतिक रुपमा सन्देश प्रधानमन्त्री केपी ओलीलाई पुर्याएको संचारमाध्यमहरुले जनाएका छन् । तर, के चीनले तातोपानी नाका नखुलाएर नेपालमाथि नाकाबन्दी गरेको हो त ? यसमा चीनको पनि स्वार्थ भने पक्कै देखिन्छ । तातोपानी नाकाबाट हुने सुन र रक्तचन्दन तस्करी, स्वतन्त्र तिब्बतको लागि क्रियाकलाप बढेकै कारण चीनले रसुवागढीलाई प्राथमिकता दिएको बुझ्न सकिन्छ । यस्तो उसको रणनीतिलाई नेपालमाथिको नाकाबन्दीभन्दा पनि उसको भूराजनीतिक संवेदनशीलतालाई नेपालले बुझिदिओस् भन्ने देखिन्छ ।   विश्व अर्थतन्त्र र शक्तिका रुपमा उदाउँदै गरेको चीन सबै छिमेकीसँग सौहाद्र्र सम्बन्ध चाहन्छ । विश्वलाई उसले यस्तै सन्देश दिन पनि चाहेको छ । सोही कारण सीमामा अवैध काम नहोस् भन्ने तर्फ उ सजग भएकै कारण नराम्रा गतिविधि हुने नाकालाई कम व्यस्त बनाई अन्यत्रका नाकालाई उसले प्राथमिकता राखेको पाइन्छ । यस्तोमा नेपाल सरकारले पनि उसको संवेदनशीलतालाई ख्याल गर्दै सहयोग गर्नुपर्छ । तर, रसुवागढी नाका निरन्तर र प्रभावकारी रुपमा नचल्दासम्म तातोपानी नाकालाई पनि सुचारु गर्नका लागि दबाब दिनुपर्छ । किनकी पक्की बाटोले जोडिएको र दुरीका हिसाबले पनि नजिक रहेको तातोपानी नाका नेपालको लागि सहज हुन्छ । भरपर्दो विश्वास दिलाएर नेपालले यो संकटमा तातोपानी नाकालाई सुचारु गर्न सकारात्मक दबाब दिनुपर्छ ।   चीन नेपालसँग दीर्घकालीन आर्थिक सम्बन्ध विस्तार, जलविद्युतमा लगानी, दीर्घकालीन रुपमा इन्धन व्यापार सम्झौता एकैपटक गर्न चाहन्छ । किनकी अहिले संकटमा मात्र इन्धनको कुरा गरेर पछि धोका दिने हो की भन्ने संशय चीनलाई परेको बताइन्छ । परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीबीच केही दिन अघि भएको छलफलमा यस्तै विषयले प्राथमिकता पाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: