Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ऊर्जा सङ्कटकाल घोषणा हुन्छ : उपप्रधानमन्त्री रायमाझी

\"top_bdr_rayamajhi\"काठमाडौँ । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र जनताले महसुस गर्ने गरी विद्युत् भार कटौती अन्त्य गर्न यो महिनाभित्रै ऊर्जा सङ्कट निवारण काल घोषणा गर्ने बताएका छन् । आज राजधानीमा आयोजित अन्तक्र्रियामा उनले त्यसमा सकिन लागेका आयोजनालाई तीव्रताका साथ अघि बढाउने, आवश्यक इन्धन उपलब्ध गराउने, ठूला जलाशययुक्त आयोजना निर्माण योजनालाई अघि बढाउने, ट्रान्समिसन लाइन निर्माण र सौर्य ऊर्जा उत्पादनको योजना समेटिएको जानकारी दिए । उपप्रधानमन्त्री रायमाझीले भने– “२५० मेघावाट विद्युत् उत्पादन अन्तिम चरणमा छ । त्यसबाट हिउँदमा १०० मेघावाट उत्पादन हुन्छ । बिग्रेको आयोजना मर्मत हुँदा १०० मेघावटा थपिन्छ र ढल्केबर–मुजफरपुर प्रसारण लाइन बनेपछि १०० मेघावाट थपिन्छ । योसँगै सोलारमा जाँदा अर्को वर्षसम्म एक हजार २०० मेघावाट विद्युत् उत्पादन गर्न सकिन्छ । यसबाट अर्को वर्षसम्ममा जनताले महसुस गर्नसक्ने गरी विद्युत् भार कटौती अन्त्य गर्न सकिन्छ । उनले दुई वर्षभित्र जलविद्युत्बाट मात्रै विद्युत् भार कटौती अन्त्य गर्न ‘मास्टरप्लान’ बनिरहेको पनि जानकारी दिए । सरकारले बिहान बेलुका खाना पकाउने समयमा बिजुली दिँदा अत्यधिक हिटर प्रयोग हुँदा ट्रान्सफर्मर धेरै पड्किएको र पड्किएको ट्रान्सफर्मर दिनमा एउटाभन्दा बढी बनाउने प्रविधि नहुँदा समस्या परेको भन्दै मन्त्री रायमाझीले ट्रान्सफर्मर बनाउने काम भइरहेको र नयाँ खरिद प्रक्रियासमेत अघि बढाएको बताए । उनले यो वर्षको मागसम्म विद्युत् भार कटौती अझै बढ्ने भन्दै फागुनपछि क्रमश विद्युत् भार कटौतीमा सुधार आउने स्पष्ट पारे । ऊर्जामन्त्री रायमाझीले संस्थागत कालोबजारी नियन्त्रण गर्न सरकार लागिपरेकोे उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: