Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पाँच कला–पत्रकार नगदसहित सम्मानित–पुरस्कृत

काठमाडौँ । नेपाल ललितकला पत्रकार समाज ९सोफाज०ले कला पत्रकारितामा योगदान पु¥याउने पाँच पत्रकारलाई आज नगद सहित सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कृत पत्रकारलाई जनही ११ हजार १११ सहित सम्मान गरे । सोअनुसार जनकपुर कार्यक्षेत्र भएकी मनिका झा र काभ्रेपलाञ्चोकका फूलमान बललाई ‘नारायणबहादुर सिंह स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो । त्यस्तै ‘पार्क ललितकला पत्रकारिता पुरस्कार’ डब्बु क्षेत्रीलाई प्रदान गरियो भने ‘सोफाज ललितकला पत्रकारिता विशेष सम्मान’ टङ्कप्रसाद उपे्रती र राजमान महर्जनले प्राप्त गरे । नेपाली कला जगत्का प्रथम समीक्षक एवं समालोचक सिंहको सम्मान र सम्झनामा सो पुरस्कार स्थापना गरिएको हो । सो अवसरमा उपराष्ट्रपति पुनले कला क्षेत्रमा योगदान पु¥याउनेलाई राज्यस्तरबाटै उचित सम्मान हुनुपर्नेमा जोड दिए । उनले भने, “राष्ट्रका अमूल्य प्रतिभालाई सम्मान गरेर थप हौसला प्रदान गर्न आवश्यक छ ।” राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक तथा पुरस्कार छनोट समितिका संयोजक श्यामप्रसाद रिमालले पत्रकारितामार्फत राष्ट्रिय एकता र सामाजिक सद्भाव जोड्ने काममा योगदान पु¥याएकाले उनीहरुलाई सम्मान गरिएको बताए । सोफाजका अध्यक्ष केशवराज खनाल र महासचिव देवेन्द्र थुम्केलीले लतिलकला, कला, साहित्य र मनोरञ्जन पत्रकारितामा निरन्तर योगदान गर्नेलाई थप ऊर्जा प्रदान गर्न सम्मानको सुरुआत गरिएको बताए । सम्मानित व्यक्तित्व उप्रेतीले सम्मानले यही क्षेत्रमा डटेर काम गर्ने वातावरण सिर्जना गरेको बताए । कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक लगायत सहयोगी संस्था तथा विभिन्न व्यक्तिलाई कदरपत्रसहित सम्मान गरिएको थियो । यसै वर्ष स्थापना भएको ललितकला पत्रकारको सङ्गठन सोफाजले स्थापनादेखि नै यस क्षेत्रमा कार्यरत पत्रकारलाई सम्मानको सुरुआत गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: