पौष २१ गते, २०७२ सोमवार 4th January, 2016 Mon१४:२१:२५ मा प्रकाशित
महोत्तरी । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जति चाँडै नाका खुल्छ त्यति नै मधेसवादी दलहरुलाई राजनीतिक फाइदा हुने बताएका छन् ।
एमाओवादी २ नम्बर प्रदेश समितिको सोमबार बर्दिबासमा भएको बैठकको उद्घाटन गर्दै प्रचण्डले नाका खोल्नु मधेसवादीहरुलाई लागि फाइदा हुने बताए ।
जनयुद्धको समयमा आफूहरुले एकपक्षीय रुपमा युद्धविराम गर्दा ज्ञानेन्द्रले अमेरिका भ्रमण रोक्न बाध्य भएको स्मरण गर्दै प्रचण्डले आफूहरुले तीन महिने युद्धविराम नगरेको भए १२ बुँदे सहमति समेत नहुने बताए । मधेसवादी दलहरुले पनि गम्भीर भएर एकतर्फी रुपमा नाकाबन्दी फिर्ता लिन प्रचण्डले आग्रह गरे ।
प्रचण्डले आफू वर्तमान समस्याको समाधानका लागि गम्भीर भएर लागेको भए पनि केही मान्छे भाड्न उद्दत रहेको बताए । अहिलेसम्मका सहमतिका प्रयास पनि आफ्नै पहलमा भएको उनले बताए ।
सदनमा पेश भएको संविधान संशोधन विधेयकमा मन्त्रीहरुको जवाफ सकिएपछि विधयक अघि बढ्ने समेत उनले प्रष्ट्याए । क्लस्टरको निम्ति तीन महिना भित्र सिमाङ्कनको टुङ्गो लगाउने बारेमा सबै पार्टी नजिक पुगेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: