Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

अवको १० वर्षमा नेपाललाई विश्वका मध्यम स्तरको देशमा पुर्याउने भट्टराइको उद्घोष

\"baburam-bhattarai\"काठमाडाैं । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले अवको १० देखि १५ वर्षमा नेपाललाई विश्वका मध्यम स्तरको देशमा पुर्याउने अभियानमा आफु लागेको बताएका छन् । तराई–मधेसमा जारी आन्दोलनका समस्यालाई समाधान गर्ने सम्बन्धमा आज आफ्नै निवास सानेपामा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उनले उक्त कुरा बताएका हुन । आगामी केही महिनाभित्र वैकल्पिक राजनीतिक पार्टीका रुपमा नयाँ शक्ति आउने जानकारी दिँदै उनले सकभर छिटो, राम्रो र दिगो तथा सदाचारयुक्त र भ्रष्टाचाररहित पार्टी घोषणा गरिने बताए । उनले विगतको सहमतिका आधारमा सीमाङ्कनका विषय अन्त्य गर्नुपर्ने र तराई – मधेसमा जारी आन्दोलनको मुख्य विषय सीमांकन टुंग्याएर अघि बढ्नु पर्ने बताए । पूर्वप्रधानमन्त्री डा भट्टराईले भने –‘सीमाङ्कनको मुद्दा तत्काल टुङ्गाएर जाँदा नै राम्रो हुन्छ, झगडा र आगोको बीउले सानो भए पनि पछि विकराल रुप लिने भएकाले अहिले नै टुङ्ग्याउनु राम्रो हुन्छ, त्यसले दिगो शान्ति कायम गर्न सकिन्छ ।’ उनले संविधानसभा, राज्य पुनःसंरचना समिति र अन्तरिम संविधान बमोजिमको राज्य पुनःसंरचना आयोगका सिफारिसका आधारमा प्रमुख दलबीच सहमतिको गरेर समस्याको समाधान गर्न सकिने स्पष्ट पारे । सङ्घीय प्रदेशको सीमाङ्कनका विषयमा पश्चिमको थारु बाहुल्य क्षेत्र, मध्य क्षेत्रको मगर बाहुल्य पहाडी क्षेत्र र पूर्वको मधेसी थारु बाहुल्य क्षेत्रमा बढी बहस र विवाद रहेकाले त्यस विषयमा राजनीतिक सहमति खोज्नुपर्नेमा डा भट्टराईको जोड थियो । ‘आर्थिक विकास र समृद्धिका लागि दिगो शान्ति र स्थायित्व चाहिन्छ, त्यसका लागि मुलुकका खस, आर्य, जनजातिबीचमा समझदारी गरेर अधिकार बाँडफाँट गरी अगाडि बढ्नुपर्छ ’ उनले भने । नेपालले आफूलाई चीन र भारतबीचको सम्बन्धलाई सन्तुलित एवम् गतिशील पुलका रुपमा विकास गर्नुपर्ने बताउँदै डा भट्टराईले त्यसका लागि राज्यले पहल गर्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending