Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

अपरिचितलाई साथी बनाउनु हुन्छ ? यसरी फसिएला ....

\"cyber-crime\"काठमाडौँ । होस गर्नुस सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाईंलाई उसले फसाउन सक्छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसङ्गै फेसबुक, ट्विटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको छ । पछिल्लो समय महानगरीय अपराध महाशाखाले गरेको सर्वेक्षणअनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेको पाइएको छ । ती मध्ये १५ देखि १९ वर्षसम्मका केटाकेटी धेरै साइबर अपराधमा लाग्ने गरेका छन् । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेको बताए । उनले भने  – ‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गर्दछ, संसारमा निःशुल्क भनेको केही पनि हुँदैन ।’ उनी साइबर कानुनका बारेमा विद्यालय र क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको बताउँछन् । बाँके घर भएका राहुल वाल्मीकिले विभिन्न विद्यालय तथा कलेजका छात्रालाई मोडलिङ क्षेत्रमा काम लगाइदिन्छु भनी उनीहरुको फेसबुक पासवर्ड मागी ३५÷४० जनासँग पैसा र रिचार्ड कार्ड ठगी गरेको महाशाखाले जनाएको छ । साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । यस्तै मोरङ घर भएका सागर भन्ने विष्णु अधिकारीले आफ्नो छुट्टै आइडी बनाएर अनावश्यक कुरा लेखी आफूलाई मन नपरेको व्यक्तिको फेसबुकमार्फत प्रचार गरेर पीडितको सामाजिक पारिवारिक सम्बन्धमा खलल पु¥याउने काम गरेको भनी महाशाखाले मुद्दा चलाएको छ । सामाजिक सञ्जालमार्फत साथी बनाई बिहे गरेर मानिसलाई बेच्ने गरेका उदाहरणसमेत रहेको खनालले बताउनुभयो । उनले भने– ‘फेसबुकमा साथी बनाउँदा कस्तो प्रकारको साथी हो चिनेकालाई मात्र साथी बनाउनुहोस् अन्यथा फसाउन सक्छन् ।’ यस्तै भारत मोतीहारी घर भई वीरगन्ज बस्ने भूषण पाण्डे र दिलीपकुमार यादवले बैंकको एटिएममार्फत अर्काको आइडी चोरी रकम ठगी गरेको महाशाखाले जनाएको छ । टीकापुर घटनालाई लिएर मुख्य सुरक्षा निकायहरुबीच टकराव हुने गरी अविश्वासको वातावरण सिर्जना गर्नेखालको सूचना लेखी प्रचार गरेको भनी राजनीतिकर्मी आङ्काजी शेर्पालाई समेत महाशाखाले नियन्त्रणमा लिएको थियो । आव ०६९÷७० मा साइबर अपराधका घटना ५८ वटा रहेका थिए । तीमध्ये २६ वटा घटनालाई मुद्दा चलाएको महाशाखाले जनाएको छ । यस्तै ०७०÷७१ मा ९१ वटा, ०७१÷७२ मा ३०५ वटा मुद्दा दर्ता भएका छन् । यो आवको पुस १७ गतेसम्म २६४ साइबर अपराधका मुद्दा दर्ता भएको महाशाखाले जानकारी दिएको छ । महाशाखाका प्रमुख खनालले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिनुभएको छ । साइबर अपराधको कानुनअनुसार अपराधीलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने प्रावधान रहेको छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ यसैले साइबर अपराधबाट जोगिन महाशाखाले सबैलाई आग्रह गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies