Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

राज्यको सेवा सुविधा कर्णालीमैत्री हुनुपर्छ : महानिरीक्षक अर्याल

\"aryal\"जुम्ला  । दुर्गम क्षेत्रको सुरक्षा अवस्था निरीक्षण गर्न जुम्ला आइपुगेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राज्यको सेवा सुविधा कर्णालीमैत्री हुनुपर्ने बताएका छन् । महानिरीक्षक अर्यालले शुक्रबार कर्णाली अञ्चल प्रहरी तथा जिल्ला प्रहरी कार्यालय जुम्लामा निरीक्षण गरेका थिए । जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी लिने क्रममा उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आगलागीको घटनाको सत्यतथ्य पत्ता लगाउन विशेषज्ञ नेतृत्वको केन्द्रीय टोलीले जिम्मा लिएको बताए । स्थानीयले कर्णालीको स्वास्थ्य क्षेत्रको विकासमा स्वरुप फेरिँदै गरेको प्रतिष्ठानको अनुसन्धान आशङ्काजनक छ भन्दै प्रभावकारी अनुसन्धान गर्नुपर्ने माग प्रहरी प्रमुख अर्यालसँग राखेका छन् । राप्रपाका जिल्ला सदस्य कालिबहादुर महतले प्रतिष्ठान आगलागीको अनुसन्धान झारो टार्ने जस्तो भएको टिप्पणी गरे । नेकपा क्रान्तिकारी माओवादीका हरिबहादुर भण्डारीले अनुसन्धान प्रभावित हुने गरी ढिलाइ नगर्न सुझाव दिँदै प्रतिष्ठान घटनाको भरपर्दो र विश्वसनीय अनुसन्धान गर्न आग्रह गरे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सूर्यमान लिम्बूले प्रतिष्ठानको विस्तार हुँदै गरेकाले अस्पताल नजिक चौकी स्थापना गर्न माग गर्नुभयो । जिल्लास्थित सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजले जुम्लाको सुरक्षा अवस्थाअनुसार दरबन्दी बढाइनुपर्ने, द्वन्द्वकालमा भत्केका तथा जलेका प्रहरी चौकीको पुनःनिर्माण, प्रहरीमा कर्णालीको रोजगारीको सुनिश्चतता, महिला हिंसा न्यूनीकरणमा प्राथमिकता, कर्णाली राजमार्गमा ट्राफिक नियम प्रभावकारी सुधार हुनुपर्ने सुझाव राखेका थिए । सो अवसरमा महानिरीक्षक अर्यालले यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन आगामी दरबन्दीमा प्राथमिकता रहने, प्रहरीमा कर्णालीको रोजगारी वृद्धि गर्न जिल्लाबाटै फारम भर्ने वा परीक्षा गर्न सकिनेबारेमा छलफल गर्ने, महिलालाई प्रहरीमा रोजगारीको प्राथमिकता दिनेलगायतका प्रतिबद्धता जनाउनुभएको छन् । उनले अहिले बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने योजना रहेको छ । महानिरीक्षक अर्याल जुम्लामा आइपुग्ने अहिलेसम्मकै पहिलो प्रहरी प्रमुख हुन । ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending