Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ज्वाइँबाटै बेचिन लागेकी युवतीको व्याथा

\"yubati\"भीमदत्तनगर । कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिर्वतन) गत साउन १० गते बुबा–आमाको आशीर्वाद थापेर धन कमाउने सपना बोकेर ज्वाइँ प्रकाश मगरसित भारत पसिन् । गाउँकै स्कूलमा कक्षा ८ मा अध्ययनरत बोहरालाई उनकी ठुलोबुबाकी नातिनी जानकी र ज्वाइँ प्रकाशले माइतीमा आएको बेला आर्थिक लाभको प्रलोभन देखाएर भारतको बम्बै हुँदै पुनासम्म पु¥याए । कैलालीको सहजपुर खानीडाँडा घर भएका प्रकाशले तीन वर्षअघि नाताले छोरी पर्ने झलारीकी जानकीसित मागी विवाह गरेका थिए । ‘ससुराली आउँदा छोरी र ज्वाइँ मेरै घरमा आएर भारतमा पैसा कमाउन प्रलोभनमा पार्ने गर्थे,’ हाल माइती नेपाल कञ्चनपुरको आश्रयमा रहेकी रामवतीले भने –‘पुना पुगेर भारतीय नागरिककहाँ बेच्ने सुइँको पाएपछि रात १० बजे कोठाबाट भाग्न सफल भएँ ।’ ‘घरमा पढेर के गर्छ ? पुनामा १२ हजार मासिक भारतीय रुपैयाँ कमाउन सकिन्छ भनेर दुबै जनाले घरमा बुबा आमालाई सम्झाएपछि उहाँहरुले मलाई जागिर गर्न जान अनुमति दिनुभयो,’ रामवतीले भनिन–‘पुना पुगेपछि त्यै छोरीले यता तँलाई पूजा गर्न ल्याएको होइन भनेर धम्की दिन थाली । आफन्तबाटै यस्तो होला भन्ने कल्पनासम्म गरेको थिएन ।’  हाल जानकी र प्रकाश पुनामै काम गरिरहेका छन् । ‘पुना पुगेपछि त्यो कोठामा एक भारतीय महिलालाई मेरै कोठामा राखेको थियो,’ रामवतीले भनिन – ‘हामी दुबै जना राति भागेर मध्यप्रदेशको जवलपुर पुग्यौँ ।’ भारतीय युवती जवलपुरकी निशा चन्द्रावती र रामवतीलाई रेलको यात्रा गर्दै गर्दा भारतको दमवाबाट नियन्त्रणमा लिएपछि निशालाई जवलपुर घरको जिम्मा लगाएको भारतीय प्रहरीले रामवतीलाई जवलपुरस्थित रामकुमारी वाई बालिका निकेतनको आश्रयमा राखिदियो । ‘म आश्रममा चार महिना संसार जितेर बसेँ,’ गत पुस १० गते माइती नेपालले उद्धार गरी भीमदत्तनगर पु¥याएकी रामवतीले भनिन – ‘पुनामा मलाई प्रकाशले ज्यान मार्ने धम्कीसम्म दियो ।’ धनगढीको गौरीफन्टा नाका हुँदै भारत पसेकी रामवतीले त्रिनगर भन्सारमा सोधपुछ गर्दा प्रकाशले भारतको पलिया उपचारका लागि जान लागेको बताएको जानकारी दिए । रामकुमारी वाई बालिका निकेतनले रामवतीका घरमा पत्राचार गरेपछि उनका बुबाले माइती नेपाल कञ्चनपुरलाई छोरीको उद्धार गरिदिन गुहार मागे । ‘म आफैं जवलपुर पुगेर रामवतीलाई लिएर आएको हुँ,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन –‘बेचबिखनका लागि लैजाने प्रकाश र जानकी विरुद्ध प्रहरीमा उजुरी दिन्छौँ ।’ माइती नेपालले रामवतीलाई आवश्यक परामर्श दिएर आफन्तको जिम्मा लगाउने जनाएको छ । त्यसैगरी, माइती नेपालकै आश्रयमा पुगेकी कञ्चनपुरको पुनर्वास नगरपालिकाकी निकिता बोहरा ९नाम परिर्वतन०को व्यथा रामवतीको भन्दा दर्दनाक छ । डेढ वर्षअघि गाउँकै प्रताव बोहराको विवाह गर्ने प्रलोभनमा परेर भारतको दक्षिण भारतस्थित उडिसा पुगेकी १८ वर्षीया निकिताको जिन्दगीमै शत्रु बनेका प्रताव अहिले भारतमै लुकेर बसेका छन् । ‘यहाँबाट गएको डेढ महिनासँगै बस्यौँ,’ निकिताले भनिन– ‘त्यसपछि प्रताव कहाँ गयो अहिलेसम्म थाहा छैन ।’ बाँकी दिनहरु कसरी बिताएँ भन्ने बारे उनले मुख खोलिनन । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले निकितालाई झापा माइती नेपाल हुँदै माइती नेपाल केन्द्रीय कार्यालयले पारिवारिक मिलनका लागि यहाँ पठाएको जानकारी दिइन । ‘निकिताको बुबा छोरी भारत गएपछि सम्पर्कमा नआएपछि छोरी खोज्दै उडिसासम्म पुगेछन’, संयोजक भट्टले भने –‘तर बुबा छोरी खोज्दाखोज्दै भारतमै बिते ।’ बुबासमेत छोरीको खोजीमै मृत्यु भएपछि निकिताको आश मारेका उनकी आमा अहिले छोरीसित सम्पर्कमा आएपछि खुसी छिन् । त्यसैगरी गत कात्तिकमा गाउँकै स्थानीयवासीबाट भारतको पौडीगडवाल बेचन लागेकी बर्दियाकी १४ वर्षीया सञ्जु नगरकोटीलाई पनि माइती नेपाल कञ्चनपुरले भारतबाट उद्धार गरी पारिवारिक मिलन गराएको छ । नगरकोटीलाई भारत लगेर यौन प्यास मेटाउने बर्दियाका रामबहादुर खड्का अहिले प्रहरी कारबाहीमा छन् । माइती नेपाल कञ्चनपुरले मानव बेचबिखनविरुद्ध मुद्दा दायर गरेपछि जिल्ला अदालत कञ्चनपुरले सोमबार पुर्पक्षमा राख्न आदेश दिएको छ । ‘यो दलाललाई नै पक्राउ गरी कानुनी दायरामा ल्याएको ठूलो सफलता हो,’ संयोजक भट्टले भने –‘धेरै उद्धार गरिएका युवती दलाली गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन निकै चुनौतीपूर्ण छ ।’ माइती नेपाल कञ्चनपुरले सन् २०१५ मा मात्रै २०० युवतीको उद्धार गरी पारिवारिक मिलन गराएको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: