Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भग्नावशेष नहटाउँदा पालमै, भुकम्प पिडित भन्छन् ‘आफ्नै जग्गामा पनि बस्न पाएनौँ’

\"eQmk\'/sf] भक्तपुर  । विनाशकारी भूकम्पले क्षति पु¥याएको आठ महिना बितिसक्दा पनि भक्तपुर नगरपालिकाले अझै भत्किएका घरको भग्नावशेष नहटाइदिँदा भूकम्पपीडितको पालमै बास भएको छ । जाडोले पालमा बस्नै नसक्ने अवस्था हुँदा पनि भग्नावशेष नहटाइदिँदा आफ्नै जग्गामा पनि टहरा बनाएर बस्न नपाएको भूकम्पपीडितले गुनासो गरेका छन् । भक्तपुर वडा नं २ जेँला बस्ती अहिले पनि खण्डहर नै रहेको छ । भग्नावशेष हटाइएका अन्य क्षेत्रका धेरैजसो भूकम्पपीडितले जाडो छल्न भत्किएकै घरको इँटा, काठ, झ्यालढोकाको प्रयोग गरेर त्यही ठाउँमा एकतलाको टहरा बनाएर बस्न थालेपनि जेँलाका बासिन्दाले आफ्नो जग्गामा बस्नसमेत पाएनन् । भूकम्पमा २३ जनाको ज्यान गएको यो क्षेत्रका भूकम्पपीडित भत्किएका घरको भग्नावशेष हटाइदिन माग गर्दै पटक पटक नगरपालिकामा जाँदा पनि सुनुवाइ नभएको गुनासो गर्छन् । मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आउनुभएको रुकेश दुवाल टहरामा बूढा बाबु र परिवारको बसाइ कठिन भएको बताउँछन् । उनले भने – ‘तुषारो पर्न थालेपछि जस्ताको शिविरमा बस्नै नसकिने भएको छ, अन्त जाने विकल्प छैन, शीत चुहिएर ओछ्याउन चिसै हुन्छ, वृद्धवृद्धा र बच्चालाई शिविरको बसाइ निकै कठिन बनेको छ, नगरपालिकाले भग्नावशेष हटाइदिए त्यहीँ गएर इँटाको छाप्रो हालेर बस्थ्यौँ ।’ स्थानीय लक्ष्मी दुवालको गुनासो पनि उस्तै नै छ । चिसोले बालबच्चा बिरामी पर्न थालेको बताउँदै नगरपालिकालाई छाप्रो हाल्छौ माटो फालिदेऊभन्दा पनि नटेरेको उनको भनाइ छ । भूकम्पले जेँलाको घर भत्किएर तल्लो तलामा पुरिएर बाँचेकी रामलक्ष्मी दुवाल ब्रह्मायणीको टहराले चिसो थेग्नै नसकेको बताउँछिन्  । भाडाको जग्गामा जस्ताको टहरा हालेर भक्तपुर नगरपालिका–१ ब्रह्मायणीमा बसेका भूकम्पपीडितलाई पानी, बत्तीको व्यवस्थासमेत नहुँदा निकै कठिन भएको उनी बताउँछिन । भक्तपुर नगरपालिकाले भग्नावशेष अझै नहटाइदिँदा उनीहरुले आफ्नै जग्गामा टहरा पनि बनाउन पाएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending