Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

भग्नावशेष नहटाउँदा पालमै, भुकम्प पिडित भन्छन् ‘आफ्नै जग्गामा पनि बस्न पाएनौँ’

\"eQmk\'/sf] भक्तपुर  । विनाशकारी भूकम्पले क्षति पु¥याएको आठ महिना बितिसक्दा पनि भक्तपुर नगरपालिकाले अझै भत्किएका घरको भग्नावशेष नहटाइदिँदा भूकम्पपीडितको पालमै बास भएको छ । जाडोले पालमा बस्नै नसक्ने अवस्था हुँदा पनि भग्नावशेष नहटाइदिँदा आफ्नै जग्गामा पनि टहरा बनाएर बस्न नपाएको भूकम्पपीडितले गुनासो गरेका छन् । भक्तपुर वडा नं २ जेँला बस्ती अहिले पनि खण्डहर नै रहेको छ । भग्नावशेष हटाइएका अन्य क्षेत्रका धेरैजसो भूकम्पपीडितले जाडो छल्न भत्किएकै घरको इँटा, काठ, झ्यालढोकाको प्रयोग गरेर त्यही ठाउँमा एकतलाको टहरा बनाएर बस्न थालेपनि जेँलाका बासिन्दाले आफ्नो जग्गामा बस्नसमेत पाएनन् । भूकम्पमा २३ जनाको ज्यान गएको यो क्षेत्रका भूकम्पपीडित भत्किएका घरको भग्नावशेष हटाइदिन माग गर्दै पटक पटक नगरपालिकामा जाँदा पनि सुनुवाइ नभएको गुनासो गर्छन् । मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आउनुभएको रुकेश दुवाल टहरामा बूढा बाबु र परिवारको बसाइ कठिन भएको बताउँछन् । उनले भने – ‘तुषारो पर्न थालेपछि जस्ताको शिविरमा बस्नै नसकिने भएको छ, अन्त जाने विकल्प छैन, शीत चुहिएर ओछ्याउन चिसै हुन्छ, वृद्धवृद्धा र बच्चालाई शिविरको बसाइ निकै कठिन बनेको छ, नगरपालिकाले भग्नावशेष हटाइदिए त्यहीँ गएर इँटाको छाप्रो हालेर बस्थ्यौँ ।’ स्थानीय लक्ष्मी दुवालको गुनासो पनि उस्तै नै छ । चिसोले बालबच्चा बिरामी पर्न थालेको बताउँदै नगरपालिकालाई छाप्रो हाल्छौ माटो फालिदेऊभन्दा पनि नटेरेको उनको भनाइ छ । भूकम्पले जेँलाको घर भत्किएर तल्लो तलामा पुरिएर बाँचेकी रामलक्ष्मी दुवाल ब्रह्मायणीको टहराले चिसो थेग्नै नसकेको बताउँछिन्  । भाडाको जग्गामा जस्ताको टहरा हालेर भक्तपुर नगरपालिका–१ ब्रह्मायणीमा बसेका भूकम्पपीडितलाई पानी, बत्तीको व्यवस्थासमेत नहुँदा निकै कठिन भएको उनी बताउँछिन । भक्तपुर नगरपालिकाले भग्नावशेष अझै नहटाइदिँदा उनीहरुले आफ्नै जग्गामा टहरा पनि बनाउन पाएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE