वीरगञ्जमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई व्यापारीले लखेटे
पौष १६ गते, २०७२ बुधवार 30th December, 2015 Wed१३:१५:१८ मा प्रकाशित
वीरगञ्ज । वीरगञ्ज नामा ठप्प पार्न धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई लखेटेर व्यापारीहरुले भारतबाट समान नेपाल भित्राएका छन् ।
लामो समय देखिको नाकाबन्दीका कारण सामान भित्राउन नपाएको भन्दै व्यापारीहरुले गएराती नाकामा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई लखेटेका हुन । उनीहरुले आन्दोलनकारीलाई लखेटेर रिक्सा , टाँगा र मोटरसाइकलमा सामानहरु नेपाल भित्राएका हुन ।
‘धर्नामा बस्दै आएका आन्दोलनकारीहरुको संख्या अत्यन्त न्यून भएका कारण व्यापारीहरुको अगाडी उनीहरुको केही नचल्ने एक स्थानियको भनाइ छ ।
गएराति धर्नामा बसेका संघीय समावेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव लगायतको स्कुटर र मोटरसाइकलमा व्यापारीहरुले तोडफोड गरेका छन् । मुखमा मास्क लगाएका करिब डेढ सय जनाको समूहले घरेलु हतियारले समेत आक्रमण गरेको यादवले बताए ।
धर्नामा बसेका आन्दोलनकारीहरुले ‘तस्कर’हरुले आफूहरुलाई आक्रमण गरेको र सामान नेपाल भित्राएर महंगो मूल्यमा बेच्ने गरेको दाबी गर्छन् । ति ‘तस्कर’हरुलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले पनि साथ दिएको आन्दोलनकारीको आरोप छ ।
नेपाल र भारतका व्यापारीहरु मिलेर धर्नामा बसेकाहरुलाई लखेट्छन् । यो क्रम एक साता अघिदेखि नै जारी छ । तर, आन्दोलनकारीको संख्या कम भएकाले व्यापारीहरुको प्रतिकार गर्न सक्दैनन् ।
सामान पास गरेर नसकुन्जेल चुपचाप हेरिरहन्छन् र सामान भित्राइसकेपछि पुनः धर्नामा बस्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: