पौष १६ गते, २०७२ बुधवार 30th December, 2015 Wed१२:३२:२९ मा प्रकाशित
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा विद्युत् प्रवाह भई हिजोराति आगलागी हुँदा करिब रु एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले आज जनाएको छ ।
कञ्चनरुप नगरपालिका–५ निवासी राजकुमार स्वर्गकारको घरमा सल्केको आगोले सोही ठाउँमा रहेको एउटा इलेक्ट्रोनिक्स पसल र अर्को एउटा कस्मेटिक पसलमा समेत आगलागी भएको बताइएको छ ।
सो आगलागीबाट राजकुमारको चारतले पक्की घर जल्नुका साथै घरमा रहेका खाद्यान्न, लत्ताकपडा तथा नगद जिन्सी नष्ट भएको बताइएको छ ।
यस्तै, इलेक्ट्रोनिक्स र कस्मेटिक पसलमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
आगो स्थानीयवासी र प्रहरी तथा राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: