Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

प्रचण्ड नियमित पेरिसडाँडा जान थाले, के बनाउनै लागेका हुन् पार्टी ?

\"prachanda-intकाठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ दैनिक पार्टी कार्यालय पेरिसडाँडा जान थालेका छन् ।   पार्टी कार्यालय नगएको र घरलाई नै पार्टी कार्यालय बनाएको आरोप खेपिरहेका प्रचण्ड पछिल्लो केन्द्रिय समितिको बैठक पछाडी नियमित रुपमा पेरिसडाँडा जान थालेका हुन् ।   १ वर्षभन्दा लामो समयसम्म जारी केन्द्रिय समितिको बैठकको समापन सँगै प्रचण्ड विहानको खाना खाएपछि लगभग ११ बजेको समयमा पेरिसडाँडा पुग्ने गरेका छन् भने २ र ३ बजेको समयमा निस्कने गरेका छन् । उनले पार्टी नेता तथा कार्यकर्तालाई समेत पेरिसडाँडामै भेटघाट र छलफल गर्ने गरेको उनको नीजि सचिवालयले जनाएको छ ।   एमाओवादीमा पार्टी महासचिव कृष्णबहादुर महरा बाहेकका नेताहरु पार्टी कार्यालयमा नजाने र बसेको डेरा वा होटलहरुमा भेटघाट गर्ने गरेको आरोप लागिरहेका बेला प्रचण्ड नियमित कार्यालय जान थालेकोमा पेरिसडाँडा कार्यालयका एमाओवादी नेता कार्यकर्ता समेत खुशि छन् ।   महरा भने यसअघि पनि नियमित रुपमा पार्टी कार्यालय जाने र पार्टी नेता तथा कार्यकर्ताको काम कारवाही गर्ने काम गर्दथे । त्यसअघिका महासचिव राम बहादुर थापा पनि नियमित रुपमा कार्यालयमा जाने गर्दथे । पार्टी कार्याकर्ता तथा नेताहरुले प्रचण्डसँग भेटघाट गर्न नपाइएको, भेटघाटमा कार्यकर्ताको सहज पहुँच नभएको भन्ने गुनासोको सुनुवाई गर्न प्रचण्ड नियमित रुपमा कार्यालय जान थालेको निजी सचिवालयका सहयोगी एंव प्रेस सहयोगी शिव खकुरेलले खबरडबलीलाई बताए ।   खकुरेलका अनुसार प्रचण्ड नियमित रुपमा पेरिसडाँडा जान थालेपछि तलका कार्यकर्ताले समेत सोझै आफ्ना कुरा राख्ने गरेका छन् । ‘तलका कुरा सुनेपछि अध्यक्ष आफैमा पूनर्ताजगीको अनुभुति गर्नुहुन्छ’ खकुरेल भन्छन् । ‘दिउँसोको २,३ बजे अन्य दलसँगको छलफल, शिर्ष बैठक वा संसद भएको अवस्थामा मात्रै निस्कनुहुन्छ नत्र साँझसम्मै कार्यालयमै बसेर पार्टी कामहरु र भेटघाट गर्नुहुन्छ’ खकुरेल थप्छन् ।   गए बैठकमा २ वर्ष समय मागेर १ नम्बरको पार्टी बनाउने उद्घोष गरेका प्रचण्ड नियमित रुपमा कार्यालय जान थाल्नुले उनले पार्टी निर्माणमा साच्चिकै ध्यान दिएको बुझाई एमाओवादी नेता तथा कार्यकर्तामा पाउन थालिएको छ ।   प्राय पार्टीका शिर्ष नेताहरुले पार्टी काम घर वा डेराबाट चलाएको भन्दै आलोचित छन् । आआफ्ना पार्टी कार्यालयमा उनीहरुका कार्यकक्ष सधैजसो खाली हुन्थ्यो । यसअघि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि उनको नीजि निवास बालकोटबाट पार्टी चलाएको र कार्यालयमा गैरहाजिर भएको आरोप लागको थियो भने प्रचण्डमाथि समेत प्रश्न उठ्दै आइरहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending