पौष १६ गते, २०७२ बुधवार 30th December, 2015 Wed१०:५३:०६ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीमा हार्दिकता, आपसी मेलमिलाप र धार्मिक तथा जातीय सहिष्णुता कायम राखी मुलुकको समृद्धिमा अग्रसर हुन आह्वान गरेका छन् ।
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सो समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको बताएका छन् ।
मान्यजनको आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिने तथा राम्रो लाउने र मीठो खाने यो सांस्कृतिक पर्वको अवसरमा संविधानले प्रदान गरेका सबै नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक हकअधिकारको हामी सबैले मिलेर व्यवहारमा कार्यान्वयन गर्न तमु ल्होछारले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि गुरुङ समुदायले नयाँ वर्षको अवसरमा मनाउने तमु ल्होसारको सुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश दिँदै मन्त्री पोखरेलले यस पर्वले आपसी मेलमिलाप, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् सांस्कृतिक विविधताको सम्मान र सम्वद्र्धनमा सहयोग पुग्ने पनि उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: