Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

प्रधानमन्त्री ओली भारत भ्रमणको तरखरमा

\"kp-oli-final-final9\"काठमाडौं । नयाँ संविधान जारी गर्नुअघि नै मधेसमा सीमाकनको विषयमा असन्तुष्टी बढेको थियो । मधेसमा ब्याप्त असन्तुष्टीकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ संविधान जारी भएसँगै प्रधानमन्त्री बने । मधेसको असन्तुष्टीसँगै भारतले पनि संविधानका विषयमा केही आफ्ना मतहरु लिखित रुपमा दर्ज गर्यो र संविधान केही समय रोक्न समेत निर्देश गरेको थियो । भारतको सुझावलाई नमानेर असोज ३ गते नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई राष्ट्रवादी प्रधानमन्त्रीका रुपमा चर्चा गरियो । संविधान जारी भएपछि संविधानमै असन्तुष्टी जनाएर भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि ओलीको ओली साच्चिकै राष्ट्रवादी प्रधानमन्त्री हुन् भनेर तारिफ गरियो । भारतको हेपाहा प्रवृत्तिकाविरुद्ध उत्तरी छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्ने नेपालीहरुले सुझाव दिए । भारतले नाकाबन्दी गरी इन्धन संकट गरिदिएपछि भारतको विकल्प खोज्नुपर्ने दबाब आम नागरिकले दिए । ओली नेतृत्वको सरकारले पनि भारतको विकल्प खोजिने आश्वासनहरु बाँड्यो । चीनसँग ब्यापारीक सम्झौता गर्ने पहल थालियो । लामो समयपछि चीनसँग इन्धन खरिदको दीर्घकालिन सम्झौतासहित उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले ८ बुँदे सम्झौता पनि गरे । उपप्रधानमन्त्री थापा साताब्यापी चीन भ्रमणबाट मंगलबार मात्र स्वदेश फर्किएका छन् । भारतले पटक पटक नेपालमाथि गर्ने गरेको हेपाहा प्रवृत्तिको सेखी झार्न पनि चीनसँगको सम्झौता महत्वपूर्ण बन्न पुगेको बेला राष्ट्रवादी भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जान खुट्टा उचालिरहेका छन् । भारतको निम्तो पाएमा तत्काल भारत भ्रमणमा जाने ओली तरखर गरेका छन् । यसको संकेत पनि ओली आफैले दिइसकेका छन् । सोमवार रिपोर्टर्स क्लवको टोलीसँगको भेटमा ओलीले आफूले छिट्टै नै भारत वा चीनको भ्रमण गर्ने उल्लेख गरे । जुन देशमा पहिले अनुकुल मिल्छ, त्यो देशको भ्रमण गर्ने प्रधानमन्त्री ओलीले स्पष्ट गरे । पहिलो भ्रमण कसको गर्ने भन्ने कुनै नियम नरहेको भन्दै उनले भारत भ्रमण हुनसक्ने संकेत गरे । यसले प्रधानमन्त्री ओली भारतसँगको सम्बन्धलाई नै दिगो राख्ने प्रयासमा पहिलो भारत भ्रमण गर्ने तरखरमा छन् । जसको लागि अनुकुल वातावरणको खोजीमा छन् ओली भन्ने आफैले स्पष्ट गरेका छन् । मुलुकमा संकट जारी रहेकै बेला प्रधानमन्त्रीमा आसिन भएका ओलीले मुलुकको संकट समाधान गर्छन् भन्ने विश्वास गरिए पनि नागरिकको अपेक्षा पुूरा गर्न सकेनन् । भारतले गरेको नाकाबन्दीले मुलुक गम्भीर संकटमा पर्दा कुनै विकल्प दिन सकेनन् भने महंगी कालाबजारियाले मुलुक चलिरहेको अवस्था छ । जनताको समस्यामा जिम्मेवार नभइ सरकार बनाउनमा मात्रै ध्यान दिएका ओलीले भाग पुर्याउनका लागि धमाम मन्त्रालय फुटाएर जम्बो मन्त्रीमण्डल बनाएको भनेर पनि आलोचित भइरहेका छन् । राष्ट्रवादी प्रधानमन्त्रीको उपमा पाएका ओलीले आफ्नो छवि बचाउन सक्ने हुन् कि होइनन् त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending