Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

अब खुलामञ्चमै वार्ता गर्ने कि !

\"barta-660x330\"काठमाडौं । नयाँ संविधान जारी गर्नुअघि नै सीमांंकनको विषयमा असन्तुष्टी जनाउँदै आन्दोलन गर्दै आएका संयुत्तः लोकतान्त्रिक मधेसी मोर्चासँग सरकार र प्रमुख दलहरुले वार्ता र छलफल थालेको महिनौं भइसक्यो । मधेसी मोर्चा तथा मोर्चाका घटकहरुसँग प्रमुख राजनीतिक दलका नेताहरुले दर्जनौं पटक संवाद र वार्ता गरेका छन् । तर जतिपटक वार्ता गरिए पनि कुनै टुंगो लाग्न सकेको छैन । मोर्चाले गरेको चार महिनाभन्दा बढी समयदेखि गरेको बन्दले तराईको जनजीवन निकै कष्टकर बन्दै गएको छ भने मधेसी दलहरुको आन्दोलनकै बाहनामा भारतले गरेको नाकाबन्दीले गर्दा मुलुक गम्भीर संकटमा परेको छ । मुलुकले अरबौं राजश्व गुमाएको छ भने अर्थतन्त्र चौपट हुँदै गएको छ । इन्धन अभावले कालाबजारिया र माफियाहरुबाट महंगो मूल्यमा इन्धन खरिद गरेर सवारी साधनहरु गुडिरहेको छन् । खाना पकाउने ग्यास नहुँदा राजधानीमै दाउराको विकल्प खोजी भइरहेको छ । ग्यास अभावका कारण विजुलीबाटै गर्जो टार्नका लागि दैनिक १२ घण्टाको लोडसेडिङ्ले गर्दा सम्भव भएको छैन । भारतले गरेको नाकाबन्दीका कारण लोडसेडिङ नगर्ने सरकारले दिएको झुठो आश्वासनका कारण इन्डक्सन चुल्हो नागरिकका घरमा थन्किएका छन् । वार्तामा के कुरा हुन्छ ? नागरिकका समस्या जर्जर बन्दै गइरहेका बेला वार्ताबाट निकास निकाल्नुपर्ने भन्दै संवाद गर्ने गरेका दलका नेताहरुबीच के कुरा हुन्छ भन्ने थाहा छैन । तर दर्जनौ पटक भएका छलफलहरु सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिने गरेका छन् । मुलुकको संकट समाधान लागि वार्ताको विकल्प छैन भन्ने दलहरुले वार्ताबाट निकास निकाल्न सकेका छैनन् । नेताहरुबीच गम्भीर विषयमा कुरा किन हुँदैन भन्ने आम नागरिकको प्रश्न छ । अब त अति नै भयो भन्दै ‘निर्णायक वार्ता गर’ भन्ने प्लेकार्ड बोकेर राजधानीको माइतीघर मण्डलामा नागरिकहरु दबाब दिन थालेका छन् । सधै हुँने वार्तामा के हुन्छ त कुरा ? एक नेता भन्छन्, ‘सहमतिबाटै अगाडि बढौं, सहमतिको विकल्प छैन भनेर सहमति हुन्छ ।’ सहमतिबाटै अघि बढौं भन्ने सहमति, भोलि फेरि वार्ता गर्ने सहमतिबाहेक अरु केही पनि हुँदैन । वार्ताका खाजामा मात्रै लाखौं खर्च सरकारले मोर्चासँगको वार्ताका लागि तथा द्विपक्षीय र त्रिपक्षीय वार्तामा खाजा खर्चमा मात्रै लाखौं खर्चिसकेको छ । वार्ताका लागि बस्ने नेताहरुले चिया खाजा खाई चिया गफमै दुई–चार घण्टा विताउँछन् । नेताहरु वार्तामा बसेपछि पत्रकारहरुले बाहिर ढोका रुँघेर बस्ने गर्छन् । अनि नेताहरु बाहिर दिस्निएपछि छलफल सकारात्मक भएको प्रतिक्रिया दिएर नेताहरु गाडीमा हुइँकिन्छन् । जनतालाई ढाँट्ने काम नगरौं मुलुकको संकट समाधानका लागि जवाफदेही सरकार मन्त्रीपरिषद विस्तार गर्नमै ब्यस्त छ । जिम्मेवार राजनीतिक दलहरु निकास नदिने सकारात्मक छलफल भएको प्रतिक्रिया दिन्छन् । कहिलेसम्म जनतालाई ढाँटिरहने हो, नेताहरुले । नेताहरुले मुलुकको समस्या समाधान लागि के कस्तो छलफल गरिरहेका छन्, सहमतिको पहल कस्तो गरेका छन् भन्ने अब नागरिकले पनि थाहा पाउनु पर्छ । त्यसैले अब खुलामञ्चमा नै वार्ता गरी मुलुकको संकटमा गम्भीर छौं भन्ने बोध आम नागरिकलाई गराऔं । सहमतिका लागि को बाधक छ भन्ने कुरा नागरिकले जानकारी गराउनु आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies