Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

को हुन माओका वास्तविक पथप्रदर्शक ?

\"Mao_Zedong-2\" काठमाडौं । नेपालमा माओका पथप्रदर्शक सिद्धान्तलाई स्वीकार्ने आधा दर्जन भन्दा बढी पार्टीहरु छन् । ती सबैले आफू नै माओको वास्तविक पथप्रदर्शक भएको दाबी गर्ने गरेका छन् । माओको पथप्रदर्शक सिद्धान्तलाई अंगिकृत गर्दै स्थापना भएको नेकपा माओवादीले एक दशकको सशस्त्र जनयुद्ध नै गरिसकेको छ भने अन्य केही कम्युनिष्ट घटकहरुले पनि माओलाई पथप्रदर्शका रुपमा लिने गरेका छन् । माओलाई आदर्श मानेर बनेको नेकपा माओवादीे दश वर्षको जनयुद्धपछि एकता र विभाजन हुँदै अहिलेको चरणसम्म आइपुग्दा पाँच माओवादी पार्टी अहिले अस्तित्वमा छन् । \"Mao_Zedong\"ती सबैले आफू नै माओवादको सच्चा पथप्रदर्शक रहेको दाबी गर्ने गरेका छन् । तर सबै माओवादी पार्टीहरु भने मालेमावाद कमजोर भएको निश्कर्षमा पुगेका छन् । तर सबैले एकले अर्कालाई दोष थोपर्ने गरेका छन् । उनीहरुको चिन्ता दक्षिणपन्थी अवसरवादकै रहेको छ । माओवादी पार्टीहरुभित्र दक्षिणपन्थी अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, जडसूत्रवाद जस्ता शब्दहरुले एकले अर्कामाथि लगाउने साझा आरोप भइसकेका छन् । प्रचण्ड भन्छन्– मालेमावादमाथि नै आक्रमण एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले यतिबेला माक्र्सवाद, लेलिनवाद र माओवादमाथि नै आक्रमण भएको बताउँछन् । मालेमावादमाथि आज दक्षिणपन्थी अवसरवाद, जडसूत्रीय शंसोधनवाद र वामपन्थी अवसरवादबाट आक्रमण भैरहेको उनको तर्क छ । माओ दिवसको सन्दर्भमा विज्ञप्ति जारी गर्दै प्रचण्डले मालेमावादमाथि दक्षिणपन्थी अवसरवाद, जडसूत्रीय संशोेधनवाद र वामपन्थी अवसरवादबाट आक्रमण भैरहेको भन्दै सजग रहन आह्वान गरेका छन् । वैद्य भन्छन्– दक्षिणपन्थी संशोधनवादको हैकम बढ्यो एकीकृत माओवादीबाट चार वर्षअघि अलग भएका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले यतिबेला दक्षिणपन्थी संशोधनवादको हैकम बढेको बताउँछ । एकातिर नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खाएको छ र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र रूपमा बढ्दै गएको वैद्यको निश्कर्ष छ । वैद्यले माओ दिवस मनाउनुको वास्तविक अर्थ पनि माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्ग र साम्राज्यवाद÷विस्तारवादका विरुद्ध नयाँ ढङ्गले जनवादी क्रान्तिको तयारी गर्ने र दक्षिणपन्थी संशोधनवादको विरोधमा सशक्त विचारधारात्मक सङ्घर्ष चलाउने काममा दृढतापूर्वक अगाडि बढ्नु भएको बताएका छन् । माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका निम्ति आफ्नो पार्टीले नै मुख्य प्रयास गर्दै आएको सबै माओवादी पार्टीहरु दाबी गर्छन् । तीन माओवादीको तीन कार्यक्रम माओ दिवसको अवसरमा तीन माओवादी पार्टीहरुले छुट्टाछुट्टै कार्यक्रम गरी माओ दिवस मनाइरहेका छन् । एकीकृत माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा कार्यक्रम गरी माओको स्मरण गरेको छ भने वैद्य माओवादीले कुपण्डोलको पार्टीको नेवाः राज्य कार्यालयमा माओलाई सम्झिएको छ । विप्लव नेतृत्वको माओवादीले अनामनगरमा अन्तरक्रिया कार्यक्रम गरी माओलाई स्मरण गरेको छ । माओ त्से तुंगको जन्म २६ डिसेम्बर १८९३ मा भएको हो । उनी चिनिया क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता थिए । उनको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । माओको सन् १९७६ सेप्टेम्बर ९ तारिखका दिन निधन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending