Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मधेसी मोर्चाको माग संवोधन गर्न कांग्रेस र माओवादीबीच छलफल

\"prachandaकाठमाडौं । संविधान संशोधन र तराई मधेसमा आन्दोलनरत मधेसवादी दलले उठाएका माग सम्बोधन गर्ने विषयमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादी बीच छलफल भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको द्विपक्षीय छलफलमा मधेसवादी दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र मुलुकले भोगिरहेको समस्या समाधान गर्न दुवै पक्ष सहमत भएका छन् । व्यवस्थापिका–संसद्को बैठक आइतबार बोलाइएको छ । बैठक अगावै एउटा सहमतिमा पुग्ने उद्देश्यका साथ छलफल भएको बैठकमा सहभागी नेताले जानकारी दिए । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष दाहालको सक्रियतामा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयत्न भइरहेको छ । काँग्रेस नेतृत्वको सरकारले सदनमा पेस गरेको संशोधन विधेयकको भाषा मिलाएर भए पनि सहमति गरेर जाने मनसायमा प्रमुख दलहरु रहेका छन् । बैठकमा सहभागी काँग्रेस महामन्त्री प्रकाशमान सिंहकाअनुसार मधेसवादी दलले उठाएको विषयमा साझा धारणा बनाएर जाने विषयमा प्रमुख दुई दलबीच छलफल भएको हो । जति सक्दो छिटो ठोस निष्कर्षमा पुग्ने सहमति भएको उल्लेख गर्दै उनले आजै अपराह्न ३ बजे काँग्रेस र मोर्चाबीच छलफल हुने र साँझ पुनः काँग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको बताए । काँग्रेससँगको छलफलमा एमाओवादी अध्यक्ष दाहालले लामो समयसम्म मुलुकलाई अप्ठ्यारो अवस्थामा राख्न नहुने भएकाले प्रमुख दलले कुनै न कुनै समाधान निकाल्नुपर्ने र त्यसमा काँग्रेसको सहयोगको अपेक्षा गरेका थिए । मोर्चाले उठाउँदै आएको सीमाङ्कनका विषयमा फराकिलो आधार तयार पार्दै राजनीतिक समितिमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । छलफलमा काँग्रेस र एमाओवादीका शीर्ष नेताको सहभागिता रहेको थियो । अध्यक्ष दाहालले शुक्रबार पनि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा९एमाले०का नेता माधवकुमार नेपाल तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending