Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सरकारको समर्थन फिर्ता लिनेबारे राप्रपामा छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिनेबारे छलफल थालेको छ । \"rashtriya-prajatantra-party_rpp\"सरकारले जनताको समस्या समाधान गर्न नसकेको तथा मधेस आन्दोलनका कारण मुलुकको समस्या जटिल बन्दा पनि सरकारले निकास दिन नसकेको तथा महंगी, कालाबजारी बढ्दा पनि सरकार मुकदर्शक बनेको भन्दै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल थालेको हो । राप्रपाको केन्द्रीय समितिको बैठक शनिवारदेखि राजधानीमा शुरु हुँदैछ । केन्द्रीय समिति बैठकमा सरकारलाई पार्टीले गरेको समर्थन फिर्ता लिनेबारे छलफल हुने बताइएको छ । राप्रपा महामन्त्री दीपक बोहराले विहीबार मात्रै श्रम मन्त्रीको सपथ लिएर आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । शुक्रबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्र्याएर बोहरालाई आपूर्ति मन्त्रालय र यसअघिका आपूर्तिमन्त्री गणेशमान पुनलाई वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । बोहरा मन्त्री बनेपछि पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने बहसले उनको मन्त्री पद पनि धरापमा परेको छ । चन्द अध्यक्ष हुने पालो राप्रपाले आलोपालो प्रणालीबाट अध्यक्ष बन्ने सहमतिअनुसार शनिवारदेखि शुरु हुने केन्द्रीय समिति बैठकबाट लोकेन्द्रबहादुर चन्द अध्यक्ष बन्ने भएका छन् । आलोपालो अध्यक्ष बन्ने सहमति बमोजिम नै चन्दलाई अध्यक्ष बनाउने निर्णय गर्नकै लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । अहिले पशुपति शम्सेर राणा राप्रपा अध्यक्ष छन् । केन्द्रीय समिति बैठकमा राणाले राजिनामा दिने र चन्दलाई अध्यक्ष सुम्पिने राप्रपा नेताहरुले बताए । प्रधानमन्त्री ओलीले मनपरी मन्त्रिपरिषद विस्तार गरेको भन्दै प्रमुख सत्ता साझेदार दल एकीकृत नेकपा माओवादी पनि रुष्ट भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले ओलीले मनपरी गर्दै गए सरकारलाई समर्थन गरिरहनुपर्छ भन्ने नभएको अभिब्यक्ति दिइसकेका छन् । जनताको समस्या दिनप्रतिदिन जर्जर बन्दै गएको बेला सरकारले भन्दै जम्बो मन्त्रीमण्डल गठन गरेको भन्दै जनताबाट आलोचित भएपछि सरकारलाई समर्थन गरेका दलहरु रुष्ट हुँदै गएका छन् । सरकारलाई समर्थन गरी उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता जनाएको राप्रपा नेपालले पनि सरकारले जनताको काम गर्न नसकेको भन्दै सरकारको समर्थन फिर्ता लिनेबारे पार्टीमा छलफल चलाइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: