Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

अशोक सिलवाल अब लाङटाङ सदभावना दुत

\"Ashokकाठमाडाैं । लेखक तथा पत्रकार अशोक सिलवाल लाङटाङ सदभावना दुतको उपाधिसहित सम्मानित भएका छन् । समग्र लाङटाङबासीको तर्फबाट लाङटाङ मेनेजमेन्ट एन्ड रिक्न्स्ट्रक्सन कमिटीले सिलवाललाई मंगलबार राजधानीमा लाङटाङ सदभावना दुत उपाधिले सम्मान गरेको हो । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (नीट नेपाल)को आयोजनामा भएको सिलवाल निर्देशित ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकको अंग्रेजी वृत्तचित्रको पहिलो प्रदर्शनी कार्यक्रममा लाङटाङ मेनेजमेन्ट एन्ड रिक्न्स्ट्रक्सन कमिटीले सिलवाललाई सो सम्मान गरेको हो ।   वैशाख १२ को विनाशकारी भुकम्प र हिमपहिरोपछि मानवविहिन बनेको लाङटाङ क्षेत्रमा पहिलो पत्रकारका रुपमा पैदल यात्रा गरी देखेभोगेका कहालीलाग्दो अवस्था र मृत्युपछि पनि जीवनको उज्यालोतिर लम्कदै गरेका लाङटाङबासीको भावनालाई समेटेर यसअघि पत्रकार सिलवालले ‘घर फर्किरहेका मान्छे’ शीर्षकको वृत्तचित्र तयार गरेका थिए । टुर÷टे«किङ गाइड समेत रहेका सिलवाल निर्देशित अघिल्लो वृतचित्रले भुकम्पले विस्थापित स्थानीयबासीको गाउँ फर्कदै गरेको कथालाई विषय बनाएको थियो भने पछिल्लो वृतचित्रले भुकम्पपछि लाङटाङमा गएको पहिलो विदेशी पदयात्रीहरुको समुहको अनुभवलाई समेटेको छ ।   ‘लाङटाङ विश्वकै प्रसिद्ध हिमाली पर्यटकीय गन्तव्य हो । भुकम्पले बगाएको गाउँमा फेरि जीवन सुरु हुन स्थानीयको पुनस्थापनाले मात्र सम्भव छैन, पर्यटकीय गतिविधीले मात्र त्यहाँको प्राण भर्न सक्छ’, लाङटाङ सद्भावना दुत सिलवालले भने, ‘वेकिङ एन्ड वाकिङ विदेशीको आँखा र अनुभवबाट लाङटाङ देखाउने प्रयास हो ।’ \"4\"   यसअघि सिलवाललाई ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले भुकम्पपछि पहिलो पटक लाङटाङ क्षेत्रको स्थलगत अध्ययन र विश्लेषण गरी सो क्षेत्रको स्थितिलाई प्रकाशमा ल्याउन महत्वपूर्ण योगदान पु¥याएको भनेर विशेष सम्मान गरेको थियो ।   लाङटाङ सदभावना दुतको सम्मानपछि भुकम्प र हिमपहिरोले सबैभन्दा बढी दुखाएको हिमाली क्षेत्र लाङटाङ र लाङटाङबासीप्रति आफ्नो कर्तव्य थपिएको र त्यसका लागि थप सक्रिय हुने सिलवालले प्रतिबद्धता जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: