Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

डा. भट्टराईको पार्टी परित्याग दक्षिणपन्थी विसर्जनवाद : एमाओवादी

काठमाडौं । एकीकृत नेकपा माओवादीले डा. बाबुराम भट्टराईको पार्टी परित्यागलाई दक्षिणपन्थी विसर्जनवाद र अराजकतावादी व्यक्तिवादका रुपमा संश्लेषण गरेको छ । देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेकाले त्यस अनुसार रणनीति तथा कार्यनीति तय गर्ने एमाओवादीले निर्णय गरेको छ ।

\"press_meetमधेसवादी दलका धेरै माग जायज

एमाओवादीले आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता सहमतिको नजिक पुगेकाले समस्याको छिट्टै समाधान हुने पनि बताएको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकबारे जानकारी दिन बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सीमांकन सच्याउनका लागि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई विवादित जिल्ला भन्ने कि नभन्ने भन्ने विषयमा मात्रै सहमति हुन बाँकी रहेको जानकारी दिए ।

‘हाम्रो पार्टी ती जिल्लालाई विवादित जिल्लाको रुपमा मान्न तयार भए पनि अन्य प्रमुख दलले अझै निर्णय गर्न नसकेकाले समस्या भइरहेको छ,’ प्रचण्डले भने, ‘वार्ता सहमति नजिक छ, छिट्टै समस्याको समाधान निस्किन्छ ।’

उनले मधेसवादी दलले उठाएका केही माग जायज भएकाले आफ्नो पार्टीको पनि समर्थन रहेको बताए । ‘मधेसका मुद्दा सबैभन्दा पहिलो हाम्रै पार्टीले उठाएको हो । अहिलेका अधिकांश मुद्दा पनि हाम्रै हुन्,’ प्रचण्डले भने, ‘थारु, मधेसी, जनजातिलगायतले उठाएका जायज मागको पक्षमा एमाओवादी छ ।’

नाकाबन्दी नै अवसर

नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिँदै भारतले नाकाबन्दी गरेको र त्यो दुर्भाग्यपूर्ण भएको उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नाकाबन्दीलाई आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रचण्डले डा. बाबुराम भट्टराई र उनको नयाँ शक्ति अभियानको समर्थन गर्दै केही नेताहरुले एमाओवादी परित्याग गर्नुका पछाडि रहेको वैचारिक, राजनीतिक प्रवृत्तिलाई दक्षिणपन्थी विसर्जनवाद र अराजकतावादी व्यक्तिवादका रुपमा संश्लेषण गरे । उनले अब पार्टी पुनःनिर्माणको प्रश्न महत्वपूर्ण हुने भएकाले त्यसैमा केन्द्रित हुने जानकारी दिए ।

केन्द्रीय समितिमा ६ जना मनोनीत

बैठकले यसअघिको राज्य समितिको संगठनात्मक संरचना परिवर्तन गर्दै संघीयताको स्वरुपअनुसार सातवटा प्रादेशिक समिति बनाउने निर्णय गरेको छ । बैठकले प्रदेश नम्बर १ मा राम कार्की, २ मा विश्वनाथ शाह, ३ मा कृष्णबहादुर महरा, ४ मा डिलाराम आचार्य, ५ मा चक्रपाणि खनाल ‘बलदेव’, ६ मा जनार्दन शर्मा ‘प्रभाकर’ र ७ मा लेखराज भट्टलाई प्रादेशिक समिति इन्चार्ज तोकेको छ ।

त्यसैगरी, बैठकले सन्तकुमार चौधरी, गौरीशंकर चौधरी, हरिनारायण चौधरी, विजय महतो, तपेश्वर चौधरी र मानपुर चौधरीलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।

पार्टीको मंसिर १५ गतेदेखि पुस ७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि ११७ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending