Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

उपप्रधानमन्त्रीको चीन भ्रमण :आर्थिक समृद्धि, पारस्परिक सहयोग एवम् सद्भाव प्रवद्र्धनको अवसर

\"kamal-thapa-1\"काठमाडौ । मुलुकका सर्वोच्च कूटनीतिज्ञ उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाको आजदेखि प्रारम्भ हुने छ दिवसीय चीनको औपचारिक भ्रमण राष्ट्रको आर्थिक समृद्धि, पारस्परिक सहयोग विस्तार एवम् सद्भाव प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने महसुस आम नेपाली जनताले गरेका छन् । आर्थिक विकासको बाटोमा लम्कन लागेको नेपाल र विश्व अर्थतन्त्रको मियो बनेको चीनबीच भौतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक सहयोग आदानप्रदानबाट सहकार्य एवम् सहयात्रा गर्दै समुन्नत राष्ट्र निर्माणको पथमा अग्रसर हुन मन्त्री थापाको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेपछि व्यक्तिगत तहमा चिनियाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने नियमित कूटनीति सञ्चालनको कडीका रुपमा पनि यो भ्रमणलाई हेर्नुपर्छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापानाको ६० औँ वर्ष परेको सन्दर्भसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को पर्यवेक्षक मुलुक चीनसँगको नेपालको बहुआयामिक सम्बन्धलाई अझ सुमधुर एवम् सुदृढ तुल्याउन र दुई देशका जनताका बृहत्तर हितमा केन्द्रित हुने भएकाले भ्रमणको महत्ता र गरिमा अझ बढेको छ । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ राजनीतिक परिपाटीमा प्रवेश गरेको बेला उत्तरको छिमेकीलाई नयाँ संविधानका विशेषता, नेपालको चौतर्फी विकासका दीर्घकालीन रणनीति, प्राथमिकता र दृष्टिकोणबारे जानकारी गराउन उपप्रधानमन्त्री तहको यो भ्रमणको कूटनीतिक महत्व पनि उत्तिकै छ । मुलुकको परराष्ट्रमन्त्रीका रुपमा संविधान निर्माणपछिको नेपालका विकास प्राथमिकता र आर्थिक उन्नयनका विषयमा विश्व समुदायलाई जनाकारी गराउने र त्यसनिम्ति बाह्य सहयोग जुटाउने गहन अभिभारा पूरा गर्ने सिलसिलामा बेलायत र भारतको भ्रमण गरी ती मुलुकका उच्च राजनीतिक नेतृत्वका साथै त्यहाँका नीति निर्मातासँग सम्बन्ध नवीकरण भइसकेपछि छिमेकी चीनसँग आपसी लाभका क्षेत्रहरूमा पारस्परिक सहयोग र सहकार्यका अवसर पहिल्याउन उहाँको बेइजिङतर्फको यात्रालाई सामयिक मान्नुपर्छ । आर्थिक एवम् व्यापारिक सम्बन्ध सुदृढीकरण, इन्धनलगायत वस्तुको व्यापार र अन्य उत्पादनको विविधकरण राष्ट्रिय नीतिका रुपमा सरकारले अङ्गीकार गरेको वर्तमान अवस्थामा मुलुकको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर आपसी सहयोग र लगानी वृद्धि, आर्थिक समृद्धिको बाहक पूर्वाधार निर्माणमा चिनियाँ सहयोगको खोजी, जारी विकास परियोजना निर्धारित समयमा पूरा गर्न नेपाल सरकारका तर्फबाट कुनै कसर नाराखिने र थप विकासका आयोजना भित्र्याउने विषय यो भ्रमणका प्रमुख मुद्दा हुनुपर्छ । पेट्रोलियम पदार्थको दीर्घकालीन र व्यावसायिक आपूर्तिको व्यवस्थासहित व्यापार, वाणिज्य एवम् पारवहन सम्झौतालाई मूर्तरुप दिन उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले भरमग्दुर प्रयास गर्नैपर्छ । भारतविरुद्ध चीन र चीन विपक्षमा भारतीय ‘कार्ड’ नेपालले कहिल्यै प्रयोग गर्दैन र दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने नेपालको चाहना सशक्त ढङ्गले अभिव्यक्त गर्दै परिपक्व, प्रभावकारी कूटनीति सञ्चालनका माध्यमबाट भारत र चीनसँग समान महत्व र प्राथमिकताका साथ कूटनीतिक संवाद गर्ने अवसरका रुपमा यो भ्रमणलाई उपयोग गर्नैपर्छ । दीर्घकालीन रुपमा विश्वासिलो, भरपर्दो र रणनीतिक साझेदार भएर बेइजिङसँग सहकार्य गर्नेमा दृढ विश्वाससँगै पूर्णरुपेण उसलाई आश्वस्त तुल्याउन सकेमा हाम्रा विकासका आकांक्षा र चिनियाँ चाहना परिपूर्ति गर्न सहज हुनेछ । पछिल्लो समयमा क्रमशः सुमधुर भइरहेको बेइजिङ र नयाँदिल्लीबीचको सम्बन्धलाई थप उचाइ प्रदान गर्न भारत र चीनबीच रणनीतिक उपस्थिति बनाएको नेपालले त्रिदेशीय सहयोग विस्तारको गतिशील सेतुको रुपमा आफूलाई प्रस्तुत गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा नै अर्जुनदृष्टि लगानुपर्छ । चीन, भारत र नेपालले आफ्ना धरातलीय यथार्थ बुझेका छन् र तिनवटै मुलुकले राष्ट्रिय स्वार्थलाई सर्वोपरि मानेर काम गर्दै आएका छन् । दक्षिणी सीमा क्षेत्रमा जारी अवरोध, तराई मधेस आन्दोलनजस्ता नेपालका आन्तरिक समस्या समाधानमा सरकारले गरेका प्रयास र दलीय परामर्श एवम् संवादबाटै तिनलाई हल गर्ने सन्देशसँगै मुलुकको अपार जलस्रोतको उपयोगमा चिनियाँ लगानीको खोजी, द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता ९बिप्पा०रसुवागढी—केरुङ, तातोपानी—खासा नाकासँगै सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको कोरला, हुम्लाको हिल्सा, दार्चुलाको टिङ्कर र बझाङको ताक्लाकोट नाका सञ्चालनलाई पनि नेपालले प्राथमिकताका साथ उठाउनु पनि भ्रमणको कार्यसूची हुनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending