Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

सरकार ! तेल पाइँदैन, ट्राफिक जाम कसरी ?

\"traffic_jam_20110920085930\"काठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण सबैभन्दा बढी समस्या इन्धनको छ । भारतले नेपाललाई चाहिएजति इन्धन नदिएपछि समस्या भएको हो । गएको असोज ३ गते नयाँ संविधान जारी भएपछि भारतले नेपालको नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै इन्धन आपूर्ति रोकेको हो । इन्धन आपूर्ति रोकिएपछि शुरुका दिनहरुमा निगमले वितरण गरेको बाहेक तेल नपाएपछि सवारी साधनहरु निकै कम चले । नेपालीहरुको महान चाड बडादशैंको मुखमा इन्धन समस्या भएपछि सरकारले सार्वजनिक सवारी साधनलाई आलोपालो गरी तेल बाँड्न थाल्यो । सार्वजनिक सवारी साधन सञ्चालनमा समस्या नहोस् भनेर नै निजी सवारीलाई तेल नदिएर सार्वजनिक सवारीलाई मात्रै तेल वितरण गरिएको थियो । दशैंमा सबैजना घर जानुपर्ने भएकाले घर जान पुग्ने गरी निगमले तेल वितरण गरेको थियो । दशैंपछि एक दुई पटक मात्रै सवारीको लटअनुसार तेल वितरण गरियो । तिहारपछि मोटरसाइकल र स्कुटीलाई लटअनुसार तेल बाँडिए पनि अन्य निजी चार पाङग्रे गाडीलाई तेल वितरण गरिएको छैन । निर्वाध सवारी सञ्चालन सार्वजनिक सवारी साधनलाई निगमले आलोपालो गरी तेल वितरण गरिरहेको छ भने चार पाङग्रे निजी सवारी साधनहरुले तिहारपछि तेल वितरण गरिएको छैन । भारतले नाकाबन्दी गरी केही नाकाहरुबाट छिटफुट मात्रामा मात्रै तेल पठाएकोले गर्दा तेल भण्डारण हुन पाइरहेको छैन । तेल भण्डारण नभएकाले आएजति तेल आलोपालो सार्वजनिक सवारीलाई निगमले सूचना निकालेर बाँडिरहेको छ । तेल वितरण नगरिए पनि राजधानीका सडकमा भने निर्वाध गाडी सञ्चालन गरिरहेका छन् । राजधानीका सडकमा सवारी चाप झण्डै झण्डै नाकाबन्दी नहुँदाकै अवस्थामा आइपुगेको छ । राजधानीमै अहिले यातायातकाे चापले ट्राफिक जाम हुन थालेकाे छ भने राजधानी बाहिर तेल नपाएर यातायात नचलेकाे भन्ने अवस्था नै छैन । राजधानी बाहिर नाकाबन्दी छ छैन भन्ने अवस्था रहेकाे छ । तेल नभए पनि कसरी चलेका छन् सवारी ? काठमाडौँ उपत्यकामा पेट्रोल तथा डिजेलको दैनिक खपत औसत ६ सय ५० किलोलिटर रहेको छ । निमगका अनुसार औसत पेट्रोलको दैनिक खपत ३०० किलोलिटर तथा डिजलको ३५० किलोलिटर रहेको छ । उपत्यकामा निगमको भण्डारण क्षमता करिब १० हजार लिटर मात्रै रहेको छ । जसमध्ये पेट्रोलको भण्डारण क्षमता १ हजार ८७० किलोलिटर मात्र र डिजलको ८ हजार ४ सय किलोलिटर रहेको छ । तर नाकाबन्दीपछि तेल भण्डारण समेत हुन सकिरहेको छैन । तर तेल नभए पनि राजधानीमा निर्वाचन सवारी साधनहरु सञ्चालनमा छन् । निगमले आवश्यकताअनुसार तेल दिन नसके पनि चोरी पैठारीबाट आयात भएका तेलबाट नै सबै सवारी साधनहरु सञ्चालन भइरहेका छन् । निगम कर्मचारी नै तेल तस्करीमा भारतले तेल दिन छाडेपछि सीमा पारी गएर तेल खरिद गर्ने र राजधानीसम्म नै ल्याइपुर्याएर महंगोमा तेल विक्री भइरहेको छ । तिनै कालबजारियाहरुबाट महंगोमा खरिद गरिएका तेलबाट नै निर्वाध सञ्चालन हुन सकेका छन् । तेल तस्कर गर्ने कालाबजारिया मात्र छैनन्, निगमकै कमचारीसमेत छन् । नेपाल आयल निगमका कार्यकारी निर्देशकसमेत निजी पेट्रोलपम्पलाई आफूखुशी तेल वितरण गरेको भेटिए भने कालाबजारिया गर्नेमा निगमका थुप्रै कर्मचारी छन् । नेपाल आयल निगमको थानकोट डिपोका प्रमुखले डिपोबाटै तेल विक्री गरेको अवस्थामा डिपोबाटै पक्राउ परे । थानकोट डिपो प्रमुख रविन शर्मा जस्तै निगमकै कर्मचारीको दिनचर्या यसैगरी वितेको छ । डिपो तथा पेट्रोलपम्मबाटै कालाबजारियाहरु सक्रिय रहेको भन्दै निगरानी कडा पारिए पनि अहिलेसम्म कालाबजारिया र माफियाहरुबाट नै मुलुक चलिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending